रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर अहिलेपनि लागिरहेको छु : 'प्रचण्ड' 

दक्ष खबर 15672+ समाचार ( )
१० आषाढ २०८२, मङ्गलबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफू लागिरहेको बताएका छन् । 

मंगलबार सिंहदरबारमा नेकपा एसका अध्यक्ष माधव नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

उनले भने,‘यसमा म रास्वपालाई धेरै केही भन्न चाहान्न । रास्वापा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नको निम्ति हामीले अन्तिम समयसम्म प्रयास गरेको हौं ।  अझै गरिराखेको छु । रास्वपाको साथिहरुले एकदिन सबै कुरा बुझ्‌नुहुन्छ ।’ 

उनले समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार