विनायक सिद्ध कलेजद्वारा ग्यान्ड एसईई करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न

दक्ष खबर 16457+ समाचार ( )
८ आषाढ २०८१, शनिबार

काठमाडौँ । विनायक सिद्ध कलेज र प्रोग्रेसिभ सेकेन्डरी स्कुलको आयोजनामा ग्यान्ड एसईई करियर काउन्सिलिङ कार्यक्रम २०८१ सम्पन्न भएको छ । 

शुक्रबार प्रज्ञाप्रतिष्ठानमा आयोजित एक समारोहका बिच कार्यक्रमका प्रमुख अतिथि चाटर अकाउन्टेन्ट तथा नविल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली,  कार्यक्रमका सभापति एवं विनायक सिद्ध कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाई एवं विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिङ्खडाले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै कार्यक्रमको समुद्घाटन गर्नुभएको हो । 

विनायक सिद्ध कलेजका क्याम्पस प्रमुख रामकृष्ण सिङ्खडाले कलेजलाई अगाडि बढाउन विनायक सिद्ध कलेजले कुनैपनि कसरत बाँकी नराखेको बताउनुभयो । उहाँले, नेपालभर रहेका कलेजहरू मध्ये विनायक सिद्ध कलेज आठौँ स्थानमा रहेको बताउनुभयो । क्याम्पस प्रमुख सिंखडाले विनायक सिद्ध कलेजले विभिन्न क्षेत्रका होनहार व्यक्तित्वहरू तयार पारेको उल्लेख गर्नुभयो । विनायक सिद्ध कलेजबाट राष्ट्रिय परिक्षा बोर्डबाट प्रथम हुने विद्यार्थीले दश लाख, द्वितियले  पाँचलाख रूपैयाँ पुरस्कार पाउने समेत उहाँले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि चाटर अकाउन्टेन्ट तथा नविल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले विद्यार्थीहरू एसईई पछि कहाँ के गर्ने भन्ने अन्योलमा रहेका बेला कलेजले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा विनायक सिद्ध कलेजलाई धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले एसईई पछिको भविष्य आफ्नो हातमा हुने हुदाँ यसको भरपुर सदुपयोग गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

त्यस्तै, कार्यक्रमका सभापति एवं विनायक सिद्ध कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाईले, "विद्या र शिक्षाको अनगिन्ती महत्त्व रहेको बताउनुभयो ।" उहाँले घाटी हेरेर हाड निल्न पनि विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । त्यस्तै, अध्यक्ष प्रसाईंले विद्यार्थीको क्षमता अभिवृद्धिका निमित्त कुनै पनि कसरत कलेजले बाँकी नराखेको बताउनुभयो । विद्यार्थीको आत्मारूचिलाई र अभिरुचिलाई कलेजले अग्रणी भुमिका खेल्दै विद्यार्थीहरूको नतिजाले नै उहाँहरूको क्षमता प्रस्तुत गरेको उहाँले बताउनुभयो । 

त्यस्तै, विनायक सिद्ध कलेजले विभिन्न कलेजका क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विभिन्न इन्टिच्युटका प्रबन्ध निर्देशक, समाजसेवी, पत्रकार सहित २०० जना अतिथिहरूलाई स्वागत गरेको थियो भने, कार्यक्रममा करिव २५०० विद्यार्थीहरूको सहभागीता रहेको थियो ।

त्यस्तै, वर्षभरी विद्यालयको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पुर्याउने ब्यक्तित्वहरू महिला फुटबलर प्रिति राई, फुटबलर आयुश घलान, महिला फुटबलर अमीशा कार्की, फुटबलर मदन पौडेल, आदिल हमीत, अमित लामा, सञ्जय स्याङ्तान, राष्ट्रिय खेलाडी एवं फुटबल कोच सुमित कुमार आले, उर्गेन जाग्नु शेर्पालाई कदर पत्रबाट सम्मान गरिएको थियो । 

कार्यक्रममा कमेडिएन एवं कलाकार जितु नेपाल मुन्द्रे, डान्सर कोरियोग्राफर सुरिन राई, सुजन मगर तामाङ, निशान मगर, सरस्वती धिमालको नृत्य प्रस्तुत गर्नुभएको थियो भने,  प्रदीप, लाक्पा, युवराज, सुजन, निशान, डिसेनले सामुहिक नित्य प्रस्तुत गर्नुभएको थियो । त्यस्तै,अनिशा र प्रन्सुको सामुहिक नृत्य तथा आयुश र ड्युसको सांगीतिक प्रस्तुती एवं विशेष भट्टराई र युर्गेन वाइवाले र्याफ प्रस्तुत गर्नुभएकाे थियाे । त्यस्तै,रक्सहेड ब्यान्डकाे प्रस्तुती  लगायतका विभिन्र कलाकारहरूको प्रस्तुति रहेको थियो । 

विनायक सिद्ध कलेज चावहिल क्षेत्रको एक लब्ध प्रतिष्ठित कलेजका रूपमा रहदैँ गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर शैक्षिक संस्था हो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार