देवेन्द्र सारू मगरको नयाँ सांगीतिक कोसेली 'यसपालिको दशैं र तिहारमा' सार्वजनिक हुदैं 

दक्ष खबर 17388+ समाचार ( )
१३ अशोज २०८३, बुधवार

काठमाडौं । नेपाली सांगीतिक जगतमा पछिल्लो समय चर्चामा रहेको नाम हो देवेन्द्र सारू मगर । नेपाली बजारमा एकपछि अर्को गर्दै हिट हिट गितहरू दिईरहेका मगरको नयाँ सांगीतिक कोसेली यस्पालिको दशैं र तिहारमा गीत सार्वजनिकको चरणमा रहेको छ । पछिल्लो समय मनको दरबार गीत मार्फत् आफ्नो प्रस्तुतिलाई बजारमा प्रस्फुटन गरिरहेका सारू मगर सामाजिक कार्यहरूमा समेत सक्रिय रहदैँ आईरहेका छन् । 

उनको नयाँ गीतले दर्शकहरूमाझ परदेश र गाउँमा रहेका परिवारहरूको परिस्थितिलाई परिवेश बनाउँदै तयारी गरिएको छ । दिदिबहिनी तथा दाजुभाइहरू बिचको सम्बन्ध तथा टाढा दुरी हुदाँहुदै पनि आफ्नो भावना र मनलाई बहलाउँदै बसेका परिवारको चित्रण गीतमार्फत गरिएको छ । 

गीतमा भ्वाइस अफ नेपालको जजसम्म रहिँसकेका अर्जुन सापकोटा र दिपिका मगरको स्वर रहेको छ । मुकेश नेपालीको निर्देशन रहेको गितमा कलाकारको रूपमा बबिन सिंह ठकुरी र जुना सन्दास रहेका छन् । नविन घर्ती मगरले सम्पादन गरेको भिडियोमा कोरियोग्राफी समेत नेपालीको रहेको छ । नयाँ सांगीतिक कोसेली आगामी शुक्रबार सार्वजनिक गर्ने तयारी रहको छ ।

प्रतिक्रिया

Debendra saru magar १४ अशोज २०८३, बिहीबार

Thank you Daisha khaber 👏👏

Debendra saru magar १४ अशोज २०८३, बिहीबार

Thank you Daisha khaber 👏👏

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार