काठमाडाैँ । भिजनरी इन्स्टिच्युसन, जोरपाटीले आयोजना गरेको कक्षा १० को विज्ञान परीक्षाको पहिलो सत्रको पुरस्कार वितरण गरिएको छ ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता तथा गोनपा ६ का वडाअध्यक्ष नवराज लामाको उपस्थिती रहेको थियो ।
शनिवार गोकर्णेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा भएको परीक्षामा ८० भन्दा धेरै विद्यालयका २५ सय भन्दा बढी विद्यार्थीहरू परीक्षामा सहभागी भएका थिए । ४ चरणमा कापि परिक्षण गरि आज उत्कृष्ट लगायतका परिक्षार्थीलाई पुरस्कृत गरिएको थियो ।
पहिलो चरणमा १०० जना, सयबाट ५०/५० बाट २०/२० बाट टप ३ छनौट गरिएको कार्यकारी व्यवस्थापन इन्जिनियर कृष्णनन्दन शाहले जानकारी दिनुभयो ।
टप थ्रीमा प्रथम नगद रु १० हजार सहित मेडल र सर्टिफिकेट, दोस्रो हुनेले नगद रु ५ हजार सहित मेडल र सर्टिफिकेट, तेस्रो हुनेले २५ सयसहित मेडल र सर्टिफिकेट प्राप्त गरेका छन् ।