सिनेमाघर एपमा रिलिज भएसँगै खगेन्द्रको चलचित्र 'पानीफोटो', विश्वभरबाट हेर्न सकिने

दक्ष खबर 16514+ समाचार ( )
१७ मंसिर २०८०, आइतबार


काठमाडौँ। खगेन्द्र लामिछानेको डेब्यू निर्देशनमा बनेको नेपाली चलचित्र 'पानीफोटोओटीटी प्लेटफर्म 'सिनेमाघर एप'मा  रिलिज भएको छ । शुक्रवार रिलिज यो चलचित्र विश्वभरबाट सिनेमाघर एपको प्रयोग गरी हेर्न सकिन्छ ।

 

गत वर्ष श्रावण १३ गते हलमा रिलिज भएको 'पानीफोटो'मा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । यसमा खगेन्द्र आफैले पनि अभिनय गरेका छन् भने अनुप बरालमेनुका प्रधानमलिका महतप्रकाश घिमिरेमाओत्से गुरुङबुद्धि तामाङराधा श्रेष्ठकमलमणि नेपालअशान्त शर्माअजस्र ढुङ्गानाकमल देवकोटापुष्पा यादवसुलक्षण भारतीटिकाभक्त जिरेलअनोज पाण्डेअनिल पाण्डेअर्जुन पौडेलनवराज गिरीलगायतको अभिनय छ । 

 

टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको यस चलचित्रका निर्माता रोजिना सिटौला र रवीन्द्र बज्राचार्य हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कननिमेष श्रेष्ठको सम्पादनघनश्याम श्रेष्ठको आर्ट डिरेक्सनअर्जुन कार्कीको स्थलगत सम्पादन र पुष्पा सङ्गमको पार्श्व सङ्गीत छ । 

 

डेढ दशक अगाडि गुरुकुलमा 'पानीफोटोनामक नाटक मञ्चन भएको थियो । त्यही नाटकमाथि खगेन्द्रले चलचित्र बनाएका हुन् । लामिछानेले हरेक फिल्म मेकरको सिनेमा मार्फत फरक फरक कथा भन्ने सपना हुने बताए । उनले भने, "पानीफोटोमा जुन कथा भनिएको छत्यो कथा मेरो मनमा गडिएर बसेको भुइँमान्छेहरुको कथा हो । हराएका आफन्तहरू आउलान् भनेर आँखामा आशाको ज्योति लिएर कुरिबसेका हजारौँ भुइँमान्छेको कथा हो ।"

 

माओवादी जनयुद्धको समयमा डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा-आमाको कथालाई प्रस्तुत गरिएको यस चलचित्रले द्वन्द्वकालीन समयको प्रभाव अहिले नेपाली समाजमा के छ र के पनि छ भन्ने चलचित्रले स्पष्टसँग देखाउँछ ।

 

यसअघि सिनेमाघर एपमा 'जय भोले', 'कबड्डी ४', 'महापुरुष', 'जारीजस्ता बहुचर्चित चलचित्रहरू रिलिज भई सफल भइसकेका छन् । सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पेपेपलडेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथैगुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ ।

 

'पानीफोटोहेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ ।

 

चलचित्रको लिङ्क: https://cinema-ghar.com/paani-photo

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार