गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता 

दक्ष खबर 17388+ समाचार ( )
१९ अशोज २०८३, मङ्गलबार

काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा सभापतिमा गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलवार राष्ट्रिय सभा गृहमा सभापति थापाले पार्टीको सभापति पदका लागि औपचारिक रूपमा आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।

साँझ ६ बजेर ५ मिनेटमा उहाँले सभापतिका लागि मनोनयन दर्ता गराउनु भयो । यसअघि, निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय बेलुकी ६ बजेसम्मका लागि तोकेको थियो ।

तर काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भएको अविरल वर्षा र त्यसले आवागमनमा पारेको असरका कारण केही आकांक्षीहरू समयमै पुग्न नसक्ने अवस्था देखिएपछि समितिले उक्त समयसीमा एक घण्टा थपेर बेलुकी ७ बजेसम्म पु-याएको थियो ।

सभापति पदका लागि थापाको उम्मेदवारी दर्तासँगै कांग्रेसको आन्तरिक चुनावी प्रतिष्पर्धा थप रोचक मोडमा पुगेको छ । सभापति थापालाई किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले चुनौति दिनुभएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार