अस्कर कलेजद्वारा दश सहरमा सिनेमा साक्षरता अभियान सम्पन्न

दक्ष खबर 16456+ समाचार ( )
काठमाडौँ ।
१ वैशाख २०८१, शनिबार

काठमाडौँ । अस्कर कलेजले नेपालका दश सहरमा सञ्चालन गरेको दुई हप्ते सिनेमा साक्षरता अभियान सम्पन्न भएको छ। नयाँ पुस्तालाई सिनेमासम्बन्धी आधारभूत जानकारी दिने र उनीहरुमा सिनेमाप्रति रुचि जगाउने उद्देश्यले सञ्चालित अभियान सफलतापूर्वक सम्पन्न भएको अभियानका इभेन्ट म्यानेजर नविन न्यौपानेले बताए।


न्यौपानेका अनुसार मुख्य फिल्म कसरी बन्छ र फिल्म पनि पढ्ने विषय हो भनेर बुझाउनु यस अभियानको मुख्य उद्देश्य थियो। 'यो अभियानले युवा पुस्तामा फिल्मबारे अभिरूचि जगाउन र उनीहरुको बुझाइ फेर्न थोरै भए पनि योगदान गरेको हामीले महसुस गर्यौं,’ उनले भने। जसरी मेडिकल साइन्सम्यानेजमेन्टइन्जिनियरिङ पढिन्छ फिल्म पनि सामान्य मनोरञ्जनमात्र नभएर त्यसरी नै अध्ययन गर्ने विषय हो भनेर धेरैलाई जानकारी समेत नरहेकोले यो अभियान चलाएको उनले बताए।


हरेक सहरमा एक दिनको तालिका बनाएर सञ्चालित कार्यक्रममा नेपाली सिनेमा र विश्वसिनेमाको इतिहासका सैद्धान्तिक पक्षदेखि पटकथा लेखनछायांकनअभिनयचरित्र निर्माणलगायत प्राविधिक विषयसम्बन्धित गतिविधि र जानकारी समेटिको थियो।


इभेन्ट म्यानेजर नविन न्यौपानेले अभिनयको इतिहास र सिनेमामा चरित्र निर्माण कसरी हुन्छ भन्नेबारे जानकारी दिएका थिए। परासर वाग्लेले फिल्म बनाउनु पूर्वचरणका प्रक्रियादेखि निर्माण भइसकेपछिका चरणमा आउने प्राविधिक पक्षहरुको उदाहरणसहित समग्रमा फिल्म कसरी बन्छ भनेर बताएका थिए। त्यस्तै सुरज कटुवालले विश्व सिनेमाको इतिहास र नेपाली सिनेमाको इतिहासबारे  जानकारी तथा पटकथा लेखनको जिम्मा सम्हालेका थिए। सेलिना घिमिरे र युबिना भट्टराईले साक्षरता अभियानका विविध प्राविधिक तथा व्यवस्थापकीय कार्यमा सहयोगीको भूमिका निर्वाह गरेका थिए।


साक्षरता अभियानमा अस्कर कलेजका प्राध्यापक रामराजा दाहाल पनि सहभागी थिए। दशवटै सहरका गतिविधि अवलोकन गरेका उनका अनुसार बुटवलबिर्तामोडईटहरी र पोखरामा एक सय पचासभन्दा बढी सहभागी उपस्थित भएका थिए।


'अस्कर कलेजले पहिलो पटक सञ्चालन गरेको यस अभियानमा के कस्तो सहभागिता होला भन्ने भन्ने उत्सुकता पनि थियो', उनले भने, 'तर उत्साहजनक सहभागिता मात्र भएनउनीहरुले हरेक गतिविधिमा सक्रियरुपमा भागसमेत लिए।'


उनका अनुसार मुख्य रुपमा युवालक्षित अभियानमा करिब हजार जनाको प्रत्यक्ष सहभागीता रह्यो। प्रत्यक्ष रुपमा एक हजारको सहभागिता रहे पनि यस अभियानको सन्देश सामाजिक सञ्जाल एवम् अनलाइन मिडियाका माध्यमबाट लाखौंमा पुग्न सफल भएकोले हामी सन्तुष्ट छौं । 


नेपालमा सिनेमा साक्षरता बढाउन गरिएको हाम्रो पहिलो अभियानलाई विभिन्न सहरका विद्यार्थीबाहेक शिक्षकअभिभावक र सर्वसाधारण सराहना गरेकाले हामी यो कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिन उत्साहित रहेको उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार