अनोज कार्कीद्वारा कोशी प्रदेशबाट ३५ वर्षमुनिको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

दक्ष खबर 17388+ समाचार ( )
१९ अशोज २०८३, मङ्गलबार

काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा समूहबाट कोशी प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि अनोज कार्कीले उम्मेदवारी दर्ता गराएका छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका कार्की त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका निवर्तमान स्ववियु उपसभापतिसमेत हुन्।

विश्वविद्यालयमा विद्यार्थी हकहितसँगै त्रिवि सुधार अभियानमा सक्रिय भूमिका निर्वाह गरेका कार्कीले विद्यार्थी आन्दोलन, विश्वविद्यालय सुधार र युवा सहभागिताका विभिन्न मुद्दामा आफ्नो नेतृत्वदायी उपस्थिति जनाउँदै आएका छन्।

भोजपुरमा विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका कार्कीले २०६८ सालमा नेपाल विद्यार्थी संघको माध्यमिक विद्यालय इकाइ सभापति, २०७३ सालमा भोजपुर बहुमुखी क्याम्पस स्ववियु सचिव तथा २०७९ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरको स्ववियु उपसभापतिको जिम्मेवारी सम्हालेका छन्।

त्रिभुवन विश्वविद्यालयमा रहँदा विद्यार्थीका शैक्षिक तथा संस्थागत सवाललाई प्राथमिकतामा राख्दै विश्वविद्यालय सुधारका अभियानमा सक्रिय रहेका कार्कीले आफ्नो उम्मेदवारीलाई युवा पुस्ताको सार्थक सहभागिता, पुस्तान्तरण र विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई पार्टीको नीतिनिर्माण तहसम्म जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।

भोजपुरबाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि कार्कीले पार्टीको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्वका लागि उम्मेदवारी अघि सारेका हुन्।

विद्यार्थी राजनीति हुँदै विश्वविद्यालय नेतृत्व र त्यसपछि पार्टीको संगठनात्मक राजनीतिमा अघि बढेका कार्कीको उम्मेदवारीले कांग्रेसमा युवा पुस्ताको प्रतिनिधित्व र नेतृत्व हस्तान्तरणको बहसलाई थप अगाडि ल्याएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार