काठमाडौँ । चावलिको सेन्ट लरेन्स कलेजबाट कक्षा १२ उतिर्ण छात्रा समिला शाक्यले त्रिभुवन विश्वविद्यालयले लिएको सी.एस.आई.टी परिक्षाको नतिजामा महिलाहरू तर्फ प्रथम एवं नेपालभरीको पाँचौ स्थान हासिल गरेकी छन् ।
सेन्ट लरेन्स कलेजमाबाट कक्षा १२ तर्फ साइन्स विषयको अब्बल विद्यार्थीका रूपमा रहेकी शाक्यले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन स्थांनद्वारा २०८० भदौँ ११ गते सञ्चालन गरेको प्रवेश परिक्षामा उत्कृष्ट नतिजा ल्याएकी हुन । करिव पाँच हजार विद्यार्थी सहभागी उक्त परीक्षामा शाक्य महिलाहरू तर्फ प्रथम एवं नेपाल भरीको पाँचौ स्थान हाँसिल गर्न सफल भएकी हुन ।
'सेन्ट लरेन्स कलेजको अत्यन्तै प्रभावशाली विद्यार्थीका रूपमा रहेकी समीला शाक्य उत्कृष्ट नतिजा सहित सेन्ट लरेन्स करेजको नाम अगाडि बढाउन सफल भएको, कलेजका प्रधानाध्यापक पुरूषोत्तम महर्जनले जानकारी दिनुभयो ।'
उहाँले, विद्यार्थीहरूको पढाइको लगावले गर्दा नै भविष्यमा उत्कृष्ट नतिजा सहित कलेज सँगसँगै आफ्नो पनि नाम माथि पुर्याउन सफल हुने र उनले अब स्नातक तहमा पनि सेन्ट लरेन्स कलेजबाटै सी.एस.आई.टी पढ्ने मनशाय रहेको बताएको जानकारी दिनुभयो ।
विगत २५ वर्षदेखि उत्कृष्ट शिक्षामा गुणस्तर प्रदान गर्दै आइरहेको उक्त कलेजले स्नातक तहमा बि एस सी, सि एस आई टी, बि सि ए, बि बि एस, बि ए, बि एस डव्लु, एम बि एस लगायतका कोर्षहरू अध्ययन अध्यापन गराउँदै रहेकाे छ ।