काठमाडाैँ । महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा प्रमुख जिल्ला अधिकारीलाई सबै साँचो बुझाइएकाे छ ।
आज भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले पालिकाको सबै शाखा तथा सबै वडा कार्यालयमा तालाबन्दी गरेर जिल्ला प्रशासन कार्यालयका पुगी प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई सबै साँचो बुझाउँनुभएकाे हाे ।
उहाँले,नेपाल सरकारले विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा पालिकाको विकास निर्माणका साथै सम्पूर्ण आर्थिक प्रशासनिक र दैनिक कामकाज प्रभावित भएपछि प्रमुख जिल्ला अधिकारी कवारीलाई सबै साँचो बुझाएकाे प्रमुख सञ्जीवकुमार साहले बताउभुयाे ।