देशको पहिचान रक्षाका लागि साहित्य र संस्कृतिबाट पनि प्रतिवाद हुन जरुरी : ईश्वर पोखरेल

दक्ष खबर 16457+ समाचार ( )
६ अशोज २०८१, आइतबार

काठमाडाैँ । नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशलाई सुरक्षित राख्नका लागि एउटा निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । आईतबार नेपाल नाट्यप्रतिष्ठान, पोखराले काठमाडौंमा गरेको वृहत नाट्यग्रन्थ नेपाली नाट्यविमर्श लोकार्पण समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो । 

उहाँले शक्ति राष्ट्रहरुले देशको पहिचान मेटाउन भाषा, इतिहास, संस्कृति सिध्याउन लाग्ने गरेको भन्दै हाम्रो इतिहास, धर्म, संस्कृति र पहिचानको रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले पहिचान सकियो भने देश नै सकिने भन्दै पहिचानको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो । यहाँले नेपालको पहिचानको रक्षाका निम्ति राजनीतिक क्षेत्रबाट मात्रै प्रतिवाद गरेर नपुग्ने भन्दै साहित्य र संस्कृतिबाट पनि प्रतिवाद गर्नु जरुरी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘अब के हुँदैछ त भन्दा देशहरु कब्जा गर्ने त अभियान जारी छ । अब सम्बन्धित देशको पहिचान मेटाइदिने । पहिचान मेटाउन भाषा सिध्याउनुप-यो । इतिहास सिध्याउनु प-यो । संस्कृति सिध्याइदिनुप-यो । उसको पहिचान सकिदिनु प-यो । त्यसपछि लडाँइ लड्नै पर्दैन सकियो । अब त्यो फेजमा हामी छौँ । हाम्रो देशबाट बाहिरिनेहरुको बढ्दो चाप छ । यस्तो बेलामा हामीले हाम्रो इतिहास, धर्म, संस्कृति, पहिचानको रक्षा गरेनौँ भने देश कसरी रहला ? फौज आइरहनु पर्दैन । लडाई गरिरहनु पर्दैन । बन्दुक पड्काउनु पर्दैन । देश रहन्छ कि रहँदैन ? यो पहिचान सकियो भने देश सकियो । पहिचानको रक्षा कसरी गर्ने ? हाम्रो देशमा बहुजाति, बहुभाषा, बहुधर्म, बहुसंस्कृति, भौगोलिक विविधता भएको देश हो । यसलाई खण्डित गर्ने हिसावले जुन सोचहरु आउँछन्, यो राजनीतिले मात्रै प्रतिवाद गर्ने होइन, साहित्य, संस्कृतिबाट पनि त्यसको प्रतिवाद हुनु जरुरी छ । देश बचाउने हो भने यो गर्नु जरुरी छ । त्यसकारणले कुन सिद्धान्त लिएको को पार्टी छ, छोडिदिऔँ । तर यतिबेला एउटा निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता छ । त्यो निर्णायक राष्ट्रिय शक्ति नबन्ने हो भने हाम्रो देश कसरी सुरक्षित रहला ? खालि केही गीत गाएर मात्रै बन्न सक्दैन । त्यसकारण हाम्रो अगाडी यो अविभारा छ ।

उहाँले एमाले निर्णायक राष्ट्रिय शक्ति नबने देश सुरक्षित रहन नसक्ने धारणा राख्नुभयो । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार