कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया कार्यालय बाटै पक्राउ 

दक्ष खबर 12808+ समाचार ( )
८ जेठ २०८१, मङ्गलबार

काठमाडौँ । कान्तिपुर मिडिया पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई र प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई पब्लिकेसनको थापाथलीस्थित उहाँकै कार्यकक्षबाट आज पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रेग्मीले अनुसन्धानका क्रममा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको जानकारी दिँदै थप अनुसन्धानका लागि जनकपुर लैजाने तयारी भइरहेको बताउनुभयो ।

पक्राउ परेपछि अध्यक्ष सिरोहियाले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै आफूले छानबीनका लागि सघाउँछु भन्दाभन्दै कार्यकक्षबाट पक्राउ गरेकामा आपत्ती जनाउनुभयो । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आज अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार