गौशाला धर्मशालाको हालका गतिविधि तत्काल स्थगन गर्न पर्यटन मन्त्रालयको निर्देशन

दक्ष खबर 16511+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

काठमाडौँ । गौशाला धर्मशालाका विषयमा पशुपति विकास कोष र सञ्चालक परिषदले गरेका निर्णय तत्काल स्थगन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्देशन दिएको छ । 

मन्त्रालयले आज एक पत्र जारी गर्दै तत्कालका लागि सबै कार्य रोक्न र कात्तिक ४ गते बिहान ९ बजे मन्त्रालयको सभा कक्षा सञ्चालक परिषद्को बैठक बोलाउन समेत भनेको छ । 

असोज २० गते निर्णय गरेर धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय तत्कालका लागि स्थगन गर्न समेत पत्रमा उल्लेख गरिएको छ ।  

महानगर र मारवाडी सेवा समितिबीच विवाद भए पछि प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएकाले मन्त्रालयले निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको हो ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार