पाशुपत क्षेत्रमा सहज रूपमा जात्रा पर्व सञ्चालनका लागि वडा र कोषलाई ध्यानाकर्षण पत्र

दक्ष खबर 16458+ समाचार ( )
पाशुपत क्षेत्रको ऐतिहासिकता जोगाउन र जात्रा पर्व सञ्चालनका लागि वातावरणका सहज बनाइदिन आग्रह
२९ आषाढ २०८२, आइतबार

काठमाडौँ । पाशुपत क्षेत्रको ऐतिहासिकता जोगाउन र जात्रा पर्व सञ्चालनका लागि वातावरणका सहज बनाइदिन काठमाडौँ महानगरपालिका वडा ८ का स्थानीयहरूले काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आइतबार पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि सहित बुद्धिजीवीहरूले पशुपति क्षेत्र विकास कोषले मनोमानी रूपमा विभिन्न संघ संस्थाहरूलाई भाडामा स्थान उपलब्ध गराएर पशुपतिनाथ क्षेत्र कुरूप पारेको र जात्रा पर्व सञ्चालनका लागि समेत अवरोध सिर्जना गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । 


स्थानीयहरूले,'पशुपति क्षेत्र विकास कोष ब्यक्तिगत स्वार्थका लागि मनोमानी रूपमा विभिन्न संघसंस्थाहरूलाई स्थान उपलब्ध गराई पैसा असुलीको अखडाको रूपमा अगाडि बढिरहेको बताएका छन् ।'

'पाशुपत क्षेत्रमा साउन महिनामा हुने भिडभाड एवं स्थानीय ऐतिहासिक जात्रा पर्वहरू गुँला पर्व, गाईजात्रा, खड्ग जात्रा र रोपाइँ जात्रा लगायतका पर्वहरू साउन महिनामा नै पर्ने हुनाले ऐतिहासिक जात्रापर्वहरू सञ्चालनमा समस्या हुनेगरी कोषले विभिन्न संघ संस्थाहरूलाई कार्यक्रम सञ्चालन गर्न स्थान उपलब्ध गराउँदै जात्रा पर्व सञ्चालनमा अवरोध उत्पन्न गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन्।

स्थानीयहरूले, काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाउदैँ यस्ता कार्यहरूले पाशुपत क्षेत्रको ऐतिहासिक डगमगाउनुका साथै स्थानीय जात्रा पर्व सञ्चालनमा समेत समस्या हुने बताएका छन् । 

त्यस्तै, काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगतले,"स्थानीय जात्रा पर्वहरू सञ्चालनका लागि कसैले पनि अवरोध पु-याए त्यो सह्य नहुने बताएका छन् ।" संगतले, 'ऐतिहासिक जात्रा पर्वहरूलाई निरन्तरता दिनु आवश्यक रहेको परिपेक्षमा ब्यक्तिगत स्वार्थका लागि कुनै पनि संघ संस्थालाई आधिकारिक संस्थाले स्थान भाडामा दिनु उपयुक्त नरहेको बताएका हुन्र ।' वडाअध्यक्ष संगतले, 'पशुपति क्षेत्रमा विकास कोषले मनोमानी गरिरहेको परिपेक्षमा यसको समस्याको समाधान गरि यथोचित रूपमा अगाडि बढ्ने बताउनुभयो ।'

त्यस्तै, आजै स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषलाई समेत ध्यानाकर्षण पत्र बझाउदैँ यस्ता अनैतिक कार्यहरू तत्कालै रोक्न माग गरेका छन् । उनिहरूले हाल निर्माण भईरहेका पन्डालहरू तथा विभिन्न कामहरू नरोकिए स्थानीयहरू त्यसको प्रतिवादमा उभिने जनाएका छन् । 

ऐतिहासिक जात्रा पर्व सञ्चालनका लागि समेत अवरोध पुग्नेगरि यसरी विभिन्न संघसंस्थाहरूलाई ब्यक्तिगत स्वार्थ बाझिने गरि भाडामा स्थान उपलब्ध गराउनु तथा स्थानीय तह वडासँग कुनैपनि समन्वय नगर्नु न्यायोचित नहुने बताएका छन् । 


त्यस्तै, पशुपति क्षेत्र विकास कोषका निमित्त कार्यकारी सदस्य सचिव सुभाष चन्द्र जोशीले,'आफुपनि कुनै पनि हालतमा पाशुपत क्षेत्रको कोर परिसर भाडामा लगाउन नहुने पक्षमा रहेको बताएका छन् ।' जोशीले, हालको परिस्थितिमा विभिन्न संघसंस्थाहरूलाई भाडामा स्थान उपलब्ध गराएको स्विकार्दै आगामी दिनहरूमा यस्तो कार्य आफुले गर्न नदिने अडान लिएका छन् ।'  निमित्त सदस्य सचिव जोशीले, 'स्थानीयहरूको मनोभावना बेगर यहाँ कुनै पनि कार्य गर्न नहुने बताउदैँ, परिस्थितिगत रूपमा केही तलमाथि भए जानकारी गराँउन आग्रह गरेका छन् ।' 'हालको परिस्थितिमा जात्रा पर्व सञ्चालनका लागि कुनै पनि अवरोध नहुने गरि विभिन्न संस्थाहरूलाई ब्यवस्थापनका निम्ति आग्रह गरिएको निमित्त सदस्यसचिव जोशीले बताउनुभयो । ' 

पाशुपत क्षेत्रमा साउन महिनामा विभिन्न जात्रा पर्व मेलाहरू हुने गर्दछन् । यसैलाई मध्यनजर गर्दै श्रद्धालुहरूको भिडभाड लाग्ने हुदाँ पशुपति क्षेत्र विकास कोष यसको ब्यवस्थापन तर्फ अग्रसर हुन आवश्यक देखिने स्थानीयले बताएका छन ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार