उद्घाटन सत्रमा बोल्दै राइजिङ स्टारका अध्यक्ष सुनिल अमात्यले, "खेलाडीहरू उत्पादन गर्न र क्रिकेटलाई अगाडि बढाउनका लागि यो प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । उहाँले,"यो शुरूवात भएको बताउँदै युवाहरूलाई अगाडि बढाउँन आफुहरू सधैं तत्पर रहेको बताउनुभएको ।
त्यस्तै, कामपा वडा ९ का वडाअध्यक्ष रामजी भण्डारीले,"पहिलोपटक खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने हेतुले खेलकुद प्रतियोगिता अन्तरगत क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।" उहाँले, युवाहरूलाई अगाडि बढाउन र भविष्यमा क्रिकेट प्रेमी नेपालीहरू तयार गर्न यस्ता प्रतियोगिताहरू आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, कामपा ८ का वडाअध्यक्ष आशामान संगतले," विगत लामो इतिहास बोकेको क्रिकेट खेल प्रति युवापुस्ताहरूको जोश जाँगर तदारुकताका साथ देखिनुले आजको पुस्ता खेलकुद प्रति मोहित छ भन्ने कुरामा दुईमत नरहेको बताउनुभयो ।" उहाँले,"देशले पनि पछिल्लो समय क्रिकेटमा राम्रो उपलब्धिहरू हासिल गरिरहेको र युवापुस्ताहरू पनि त्यसेैमा जागरूक रहनुले खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने बताउनुभयो ।"
कार्यक्रममा काठमाडौँ महानगरपालिकाल वडा ८ का वडाअध्यक्ष आशामान संगत, काठमाडौँ महानगरपालिका वडा ९ का वडाअध्यक्ष रामजी भण्डारी, काठमाडौँ महानगरपालिका वडा ७ का वडाअध्यक्ष विमल कुमार हाेडा लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा २० ओभरको खेल खेलाईएको थियो । आजको उद्घाटन सत्रमा अलटाइम्स र आयोजक राइजिङ स्टार बिच खेल भएको थियो । आजबाट शुरूवात भएको प्रतियोगिता कात्तिक १० गतेसम्म चल्नेछ ।
