नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले लिए पद तथा गोपनीयताको शपथ  (तस्विरसहित) 

दक्ष खबर 16635+ समाचार ( )
४ जेठ २०८३, मङ्गलबार

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।  मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

शपथ समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो । समारोहमा न्याय क्षेत्रका वरिष्ठ अधिकारीहरू तथा सरकारी प्रतिनिधिहरू पनि सहभागी भएका थिए ।  शपथ ग्रहणसँगै डा.शर्माले औपचारिक रूपमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार