सभापति लामिछानेले भन्नुभयो, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ । केही राम्रा सङ्केत पनि देखिएका छन् । तर ति पर्याप्त छैनन् ।” सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उहाँले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताउनुभयो । सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गर्नुभयो । “सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन सकेन ”, उहाँले भन्नुभयो ।

पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताउनुभयो ।