आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ हुदँँै

दक्ष खबर 15668+ समाचार ( )
२२ आषाढ २०८२, आइतबार

काठमाडौं । आगामी नोभेम्बरमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ कार्यक्रम हुने भएको छ । 

पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानले दक्षिण कोरियाको इओएलमा नेपाल–कोरियाली फ्युजन फेस्ट २०२५ गर्न लागेको ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट  नेपालकी अध्यक्ष सतिकला लामाले जानकारी दिएकी छन् ।

पिस सोइभा हङ मनोरञ्जनको सहकार्यमा ए.एमएस. म्युजिक एण्ड इन्टरटेन्मेन्ट  नेपालले विदेशी भुमिमा नेपाली कला र संस्कृतिलाई विश्वमा पुर्याउनको लागि यस्तो कार्यक्रम गर्न लागेको अध्यक्ष लामाले बताइन् । 

‘हाम्रो कला, संस्कृति हेर्नका लागि विदेशीहरु नेपाल भित्रिउन् । हामीले विदेशीमाझ हाम्रा संस्कृति प्रस्तुत गरी उनीहरुलाई पच्छाउन प्रेरित गर्नुपर्छ । यस्ता कार्यक्रमले कोरिया र नेपालबीचको सम्बन्धमा पनि प्रगाण हुने विश्वास छ,’ उनले भने ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार