काठमाडौँ प्याब्सकको आयोजनामा पुर्व प्राथामिक तह र प्राथामिक तहको ओडिनेटरहरूको कार्यशाला सम्पन्र

दक्ष खबर 16456+ समाचार ( )
२७ जेठ २०८०, शनिबार
काठमाडौँ । निजि तथा आवासिय विद्यालय संगठन काठमाडौँ प्याब्सकको आयोजनामा पुर्व प्राथामिक तह र प्राथामिक तहकाको ओडिनेटरहरूको कार्यशाला दीक्षालय सम्पन्र भएको छ ।

नेपाल फाउन्डेसनको सभाहलमा सम्पन्न भएको कार्यक्रमको सभापतित्व प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य प्याब्सकका प्रमुख सल्लाहकार तथा एन प्याब्सन वाग्मति प्रदेश कमिटी सचिव गेन्द्र लामा र एन प्याब्सन उपाध्यक्ष श्री होम बहादुर अधिकारीले राख्नुभएको थियो ।

साथै कार्यक्रममा विभिन्न स्कुलका प्रिन्सपल तथा अन्य अतिथिहरूकको उपस्थितमा रहेको थियो । उक्त तालिममा मुख्य टेर्नरको भुमिकामा उत्तम दाहालले गर्नुभएको थियो । उक्त तालिम कार्यक्रममा ५० विद्यालयका करिब १२० जना शिक्षक र शिक्षिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन प्याब्सकका महासचिव सुदिप काफ्लेले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार