वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको माओवादी सांसदको आरोप

दक्ष खबर 16457+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको आरोप लगाउनुभएको छ ।

सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चालु अधिवेशनमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बनेको बताउनु भयो । उहाँले सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट सरकार कतै विचलित भएको र बाटो बिराएको बताउनु भयो । उहाँले सरकारले चालु अधिवेशनमा आवश्यक बिजनेस दिन नसकेको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘यो बीचमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बन्यो । यही अधिवेशनकै बीचमा । जसरी बनेपनि त्यो सरकारको सफलताको शुभकामना प्रमुख प्रतिपक्ष दलको हिसावले दियौँ । सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट यो सरकार कतै विचलित भएको र बाटो बिराएको देख्न सकिन्छ । सरकारले यो अधिवेशनमा अलि धेरै बिजनेस दिनसक्थ्यो, त्यो पनि त्यति सकेन ।’

सांसद शर्माले समितिमा सहमतिको सिस्टममा यस अधिवेशनको बीचमा सरकार पक्षबाट तोडिएको बताउनु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार