काठमाडौँ । छुनुमुनुको आयोजनामा 'छुनुमुनु नेपाल-भारत बाल नाटक महोत्सव २०८१' बिहिबारबाट सम्पन्न भएको छ ।गत भदौ १४ गतेदेखि २० गतेसम्म नेपाल फिल्म क्याम्पसमा महोत्सव एक सातासम्म आयोजना गरिएको हो ।
"नेपाल र भारतका कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले महोत्सव आयोजना गरिएको," महोत्सवका निर्देशक प्रभाकर न्यौपानेले बताउनुभयो ।
उहाँले," नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले स्कुलमा पढ्ने विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन सहित मञ्च प्रदान गर्ने हेतुले महोत्सव आयोजना गरिएको र अब प्रत्येक बर्ष आयोजना गरिने न्यौपानेले बताउनुभयो ।"
उहाँले, 'छुनुमुनुले हालसम्म देशभरिका २८ बढी बिद्यालयमा अध्यायनरत करिब ३००० बढी विद्यार्थीहरूलाई रङ्गमञ्च र अभिनय सम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गरेको बताउँदै महोत्सव अवधिभर करिब दुई हजार बालबालिकाले विभिन्न विषय वस्तुमा आधारित बाल नाटक अवलोकन गरेका र महोत्सवमा मन्चन भएका बाल नाटकहरुमा १२० जना बाल कलाकारहरुले अभिनय गरेका बताउनुभयो ।'
उहाँले,' एक साता लामो महोत्सवमा भारतका ड्रामा स्कुलहरू चार वटा, नेपालको ८ मध्ये उपत्यका (बाहिर) २ वटा, सामुदायिक १ वटा र ५ वटा विभिन्न संस्थागत विद्यालयहरूका विद्यार्थीहरूले नाटक मञ्चन गरिएको उहाँले बताउनुभयो ।'
त्यस्तै कला निर्देशक राजन भुजेलले, 'महोत्सव मार्फत दुई देशबिचको सांस्कृतिक पक्ष आदानप्रदान साथै कार्यशैली, नाटक, अन्तरसम्बन्धलाई अन्तराष्ट्रिय मञ्चसम्म पुर्याउन थप मद्दत पुगेको उहाँले बताउनुभयो ।'
महोत्सवको सह-आयोजकका रूपमा, डियरवाक सिफल स्कुल, श्री चागुँ नारायण माध्यामिक विद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, बज्र एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र भ्याली भ्यु स्कुल रहेका थिए ।
त्यसैगरी, पहिलो दिन लेखक तथा निर्देशक राजन भुजेलको नाटक 'फस्ट' भ्याली भ्यु स्कुलका विद्यार्थीहरूको नाटक मञ्चन गरेका थिए भने, दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक 'जुनेली', तेस्रो दिन सबिन कट्टेलको निर्देशनमा रिभेरन स्कुलको नाटक 'कालकोठरी', चौथो दिन सबिन कट्टेलको निर्देशनमा नेक्सन एकेडेमीको नाटक 'पोशाक' मञ्चन गरिएको थियो ।
यसैगरी, कोलकत्ता ईएस्ओ नाटक शिखीको डा. तपस दासद्वारा निर्देशित नाटक 'ए मेरो देश' र पाचौँ दिन चाँगु नारायण माध्यामिक विद्यालयको मञ्जु गिरिद्वारा निर्देशित नाटक 'अठोट', त्यस्तै, सोही दिन निसम्बिता स्कुल अफ ड्रिमको डा. राम होलागुण्डीद्वारा निर्देशित 'मिट्टि कि खोलनी' नाटक मञ्च गरिएको थियो । अन्तिम दिन एभरेष्ट स्कुलको सुमनजिवनद्वारा निर्देशित नाटक 'सीबियु चरी' र हरिकुल नाटक समुहको दिनेश राज शर्माद्वारा निर्देशित नाटक 'मौन हल्ला' मञ्चन गरिएको थियो ।
महोत्सवमा सहभागीहरूले ऐतिहासिक कला प्रद्धन एवं मौलिकपन, कलाकारिता विश्वमाझ पुर्याउने एउटा थलो भएकाले आगामी दिनहरूमा पनि यस्तो महोत्सव आयोजना हुन आवश्यक रहेको बताएका छन् ।