राजश्व अनुसन्धानले नेपाल प्रहरीलाई दियो एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान

दक्ष खबर 16457+ समाचार ( )
२२ श्रावण २०८०, सोमबार

काठमाडौँ । राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल नेपाल प्रहरीलाई दिएको छ । आइतबार पत्रकार सम्मेलन गरेर राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणमा भेटिएका प्रमाण,तथ्य र हिरासतमा रहेका १७ जना समेत नेपाल प्रहरीलाई बुझाएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने र राजश्व अनुसन्धान गर्दै जाँदा यो सँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखिएको बताउनुभयो । 

उहाँले संगठित रुपमा सुनको व्यापार गर्ने देखिएका र नेपालको कानून अनुसार यो प्रकरणमा संगठित अपराध सम्बन्धी कानून आकर्षित हुने भएकाले नेपाल सरकार महान्यायाधिवक्ता,नेपाल प्रहरी र राजश्व अनुसन्धानले प्रहरीलाई सामेल गराउने निर्णय गरेको बताउनुभयो । उहाँले नेपाल प्रहरीलाई पनि सुन तस्करी प्रकरणको अनुसन्धानमा सामेल गराउँदा बढी यर्थाथपरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने देखिएको बताउनुभयो । उहाँले पक्राउ परेका सबै आरोपित,तथ्य प्रमाणहरु समेतलाई प्रहरीको जिम्मा लगाएको बताउनुभयो ।  

महानिर्देशक ढुंगानाले २ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरी ३ गते परिक्षण भएर सुन प्रमाणित भएपछि अनुसन्धान गरी विभिन्न तथ्यहरु भेटाएको बताउनुभयो। उहाँले हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म १४ जना नेपाली, २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेको एक जनालाई हाजिरी जवानीमा छाडिएको बताउनुभयो । उहाँले  अनुसन्धानमा भेटिएका विभिन्न तथ्यहरु अनुसन्धानकै क्रममा रहेको बताउनुभयो । उहाँले सुन तस्करीका विभिन्न ठाउँमा रहेका अखडाहरु छापा र शिलबन्दी गरेको बताउनु भयो। उहाँले अनुसन्धान गर्दै जाँदा केही गहन रुपमा पेचिलो बन्दै गएको उल्लेख गर्नुभयो । 

उहाँले, एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान साउन २ गते नियन्त्रणमा लिएपछि विभिन्न कानूनी प्रक्रियागत रुपमा अगाडि बढ्दा ३ गते सुनको परिक्षण पश्चात् सुन हो भन्ने एकिन भएपछि अनुसन्धान सुरु गरेका थियौं । अनुसन्धानको क्रममा विभिन्न चरणमा अनुसन्धान गरौं । अनुसन्धानमा विभिन्न तथ्यहरु भेटेको बताउनुभयो । 

उहाँले, ती तथ्यहरु अनुसन्धानकै क्रममा छन् । अनुसन्धान गहन रुपमा गरिरहेका छौं । अनुसन्धानको क्रममा १८ जनालाई हिरासतमा राखी नियन्त्रण गरेकोमा एक जनालाई हामीले हाजिर जवानीमा छाडेका छौं । जसमा १४ जना नेपाली नागरिक,एक जना चिनीया , एक जना भारतीय र एक जना चीनीया मुलको नागरिक हाम्रो हिरासतमा छन् । सुन तस्किरीका विभिन्न ठाउँमा रहेका अखडाहरु छापा र शिलबन्दी गरेका छौं । अनुसन्धान गर्दै जाँदा केही गहन रुपमा पेचिलो बन्दै गएको देख्यौं । 

यसरी अध्ययन गर्दै जाँदा यो एउटा देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने तथ्य देखियो । यसको सुरुवात हङकङक बाट उड्ने क्याथिप्यासिफिक हुँदै नेपाल आएको र यसको सम्भावित डेस्टिनेशनको बारेमा अनुसन्धान गर्दै गरेको कारणले भुगोलको हिसावले यो अन्तर्राष्ट्रिय अपराधको रुपमा स्थापित हुने राजश्व अनुसन्धान गर्दै जाँदा योसँग अन्य कानूनहरु पनि आकर्षित हुने अवस्था देखियो । संगठित रुपमा सुनको व्यापार गर्ने देखियो । यसकारणले गर्दा नेपालको कानून अनुसार यो प्रकरणमा संगठित कानून आकर्षित हुन्छ । 


त्यसका धेरै अवहेव र कम्पनेन्टहरुलाई अनुसन्धानको क्रममा फेला पारौं । त्यसै तथ्यमा आधारित रहेर हामीले योसँग सरोकार राख्ने नेपाल सरकार महान्यायाधिवक्ता,नेपाल प्रहरी र राजश्व अनुसन्धान बसेर गहन रुपमा छलफल गरौं । यो विषय वृहतर विषय भएको र यसको अध्ययन अनुसन्धानमा नेपाल प्रहरीलाई पनि सामेल गराउँदा बढी यर्थाथ पुरक र अझ टुङ्गोमा पुग्न सजिलो हुने महशुस गरौं । 

तीनवटा निकायहरु बसेर संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने,राजश्व अनुसन्धान सम्बन्धि केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य,हिरासतमा लिएका व्यक्तिहरु,अहिलेसम्म बरामत भएका सपुत र प्रमाणहरु समेत नेपाल प्रहरीमा पठाउने निर्णय गरेका छौं ।

उहाँले, संगठित अपराध अन्तरगत यसलाई अनुसन्धान गर्ने,राजश्व अनुसन्धान सम्बन्धि केसको वेसमा संगठित अपराध आकर्षित हुने र यसका सम्पूर्ण अनुसन्धान र कार्यसम्पादन नेपाल प्रहरीबाट हुने गरी बाँकी कार्य सम्पन्न गर्नको निम्ति नेपाल प्रहरीलाई सम्पूर्ण तथ्य समेत बुझाएको बताउनुभयो । उहाँले नेपाल प्रहरीले उक्त प्रकरणलाई महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास रहेको बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार