नीति तथा कार्यक्रम चुस्त र सही भएको एमाले सचिवालय बैठकको निष्कर्ष

दक्ष खबर 16552+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

काठमाडाैँ । नेकपा (एमाले) ले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको बताएको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम चुस्त र सही भएको निष्कर्ष निकालेको हो ।

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले विगतका सरकारले ल्याउने गरेको भन्दा वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रम छरितो र देशको आर्थिक अवस्थाअनुसार सही भएको बताउनु भयो ।

उहाँले सचिवालय बैठकले नीति तथा कार्यक्रमलाई सकारात्मक रुपमा ग्रहण गरेको बताउनु भयो । उहाँले सांसदहरुले ठोस र परिणाममुखी बजेट निर्माण गर्न सुझाव दिएको बताउनु भयो । विगतका सरकारहरुले शुरु गरेको १८ हजार आयोजनाको आर्थिक स्रोत अस्तव्यस्त रहेको भन्दै उहाँले स्रोत सुनिश्चित भएका आयोजना मात्रै अगाडि बढाउने गरी बजेटमा व्यवस्था गर्न सांसदहरुको सुझाव रहेको बताउनु भयो । संघीय सरकारले राष्ट्रिय स्तरका रणनीति आयोजनामा मात्रै ध्यान दिएर बाँकी कामहरु प्रदेश र स्थानीय सरकारको स्वामित्वमा गर्नेगरी बजेटमा व्यवस्था गर्नुपर्ने सुझाव आएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम विगतको तुलनामा धेरै व्यवस्थित, चुस्त र दिशा निर्देशको हिसावले पनि सही भएको बैकले निश्कर्ष निकालेको छ । त्यसलाई समर्थन गर्दै सकारात्मक रुपमा ग्रहण गर्दै नेता कमरेडहरुले आगामी बजेट कस्तो हुनुपर्छ भन्ने बारेमा सुझाव दिनुभएको छ । मुलतः नीति तथा कार्यक्रमले भने जस्तै बजेट पनि एकदमै ठोस र परिणामुखी होस्, विगतमा योजनाहरुको छनोट, स्रोतहरुको  विन्यास र योजनाहरुको प्रथमिकिकरणम धेरै भद्रगोल देखिएको छ । संघ सरकारसँग झन्डै १८ हजार योजनाहरु छन् र खरबौ रुपैयाँको दायित्व बाँकी रहने गरी स्रोत सुनिश्चितताका नाममा ठेक्कापट्टा लगाएको अवस्था छ । यो अव्यवस्थालाई चिर्दै बजेट आयोस्, संघ सरकारले राष्ट्रिय स्तरका रणनैतिक कुराहरुमा बढी फोकस गरोस् बाँकी कुरा प्रदेश स्थानीय तहलाई छोडोस भन्ने तहमा नेताहरुले विशेष जोड दिनुभएको छ ।’

उपमहासचिव ज्ञवालीले नेताहरुले उत्पादन र उत्पादकत्व वृद्धिमा बजेट केन्द्रित हुनुपर्ने सुझाव दिएको बताउनु भयो । किसानको आम्दानी वृद्धि हुने र नेपाललाई कृषिमा आत्मनिर्भरताको दिशामा अगाडि बढाउन सकिने गरी बजेट ल्याउनुपर्ने उहाँको भनाइ छ । उहाँकाअनुसार सूचना प्रविधिको क्षेत्रमा सम्भावनाको ढोका खोल्ने गरी बजेट ल्याउनुपर्ने सुझाव नेताहरुको छ । 

उहाँले भन्नुभयो, ‘यो बजेटले उत्पादन र उत्पादकत्वमा फोकस गर्नुपर्छ । त्यसका लागि पुष्पलाल मध्यपहाडी लोकमार्गको समानान्तर मदन, भण्डारी राजमार्गको समानान्तर कृषि उत्पादनका पकेटहरु त्यस्का सघन क्षेत्रहरु निर्माण गर्ने र किसानहरुलाई जमिन प्रविधि बजार र वचतको इको सिस्टमभित्र ढालेर उहाँहरुको आम्दानी बढाउने र मुुलुकलाई कृषिमा आत्मनिर्भर हने गरी अगाडि बढाउनका लागि बजेट त्यसमा फोकस होस् भन्ने पनि सुझा प्राप्त भएको छ । त्यसैगरी, नीति कार्यक्रममा जेन जी पुस्तालाई  केन्द्रबिन्दुमा राखेर उद्यमशिलता उद्यमको इको सिस्टम निर्माण गर्ने भनिएको छ, त्यो कुरालाई फोकस गर्दै उहाँहरुसँगै बस्दै उहाँहरु के चाहनु हुन्छ र कठिनाइ के हो भनेर सूचना प्रविधिलाई विकासको महत्वपूर्ण उत्तोलकको रुपमा इनेबलरको रुपमा कसरी अगाडि बढाउन सकिन्छ उहाँहरुकै साझेदारीमा सूचना प्रविधिको जुन अथाह सम्भावना छ त्यसलाई ढोका खोल्ने गरी यो बजेटले ध्यान दिनुपर्छ भन्नेकुरामा सुझाव आएको छ ।’

उपममासचिव ज्ञवालीले राष्ट्रिय राजनीति स्थिरताको दिशामा अगाडि बढेको तथा राजनीति खल्बल्याउने खोज्ने प्रतिगामी शक्तिहरु कमजोर बन्दै गएको बैठकको निष्कर्ष रहेको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार