काठमाडौँ । काठमाडौँमा रहेको पाशुुपत क्षेत्रमा हुने गंगाआरतीमा दर्शनार्थीको उल्लेख सहभागीता रहने गरेको छ । साउनको अन्तिम शुक्रबार साँझ पाशुपत क्षेत्र पुग्दा दर्शनार्थीहरू मन्दिर सत्तल अगाडिको पर्खालमा भरिभराउ देखिन्छन् ।
विश्वसम्पदा क्षेत्रमा सुचिकृत पाशुपत क्षेत्रमा विगत लामो समयदेखि हुदैँ आईरहेको गंगाआरतीमा दर्शनार्थीहरू आफ्नो ज्यानै जोखिममा राखेर आरतीमा सहभागी भईरहेका छन । दर्शनार्थीहरू सम्पदा मूर्तिमै टेकेेर माथि चिढिरहेको देखिन्छन् ।
बाग्मती नदि किनाराको पुलको जिर्ण अवस्था एकातिर छ भने अर्कातिर जथाभावी पर्खाल तर्फ दर्शनार्थीको भिडले दर्शनार्थीहरूलाई सम्हाल्नै गाह्रो परेको प्रहरी प्रशासनको जिकिर रहेको छ ।
एकातिर नदि किनाराका जोखिमयुक्त पर्खालहरू छन्, भने अर्कातर्फ भक्तजन ब्यवस्थापनमा आरती व्यवस्थापनको कुनै तदारुकता नहुनेले कुनै घटना निम्त्याउने पो हो कि भन्ने शंका पैद भएको छ ।
हजारौं वर्ष पुरानो संरचना र त्यहाँ लाग्ने भक्तजनको भिडलाई सम्हाल्न प्रहरी प्रशासनलाई समेत हम्मे हम्मे पर्ने गरेको छ ।
भक्तिभावमा डुबेर आरती हेर्न आउने दर्शनार्थीको संरक्षण कस्ले गर्ने यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको देखिन्छ ।
श्रावण महिना त्यसमा पनि कोटी होम हेर्न आउने दर्शनार्थीले अघिपछिको तुलनामा यस वर्ष दर्शनार्थीको संख्यामा केही बढावा भएको विकास कोषको दावी छ ।
विभिन्न ठाउँबाट आरती हेर्न आउनेहरूको प्रश्न एउटै छ कहाँबाट हेर्दा देखिन्छ आरती । विभिन्न समयमा गंंगा आरतीलाई लिएर विवाद हुने गरेपनि यसलाई अन्यत्र ठाउँमा सार्ने विषयमा पनि छलफल हुने गरेको छ ।