काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २७ असन टोलमा रहेको यिता: चपा:को शिलान्यास गरिएको छ ।गुरूपूर्णिमाको अवसर पारेर आइतबार वडाअध्यक्ष योगेश कुमार खड्गीले पुनःनिर्माण कार्यको शुभमुहुर्त गर्नु भएको हो ।
आइतबार विहान ८ बजेको शुभसाइतमा पुनःनिर्माण कार्यको शुभ मुहुर्त गरिएको वडाअध्यक्ष खड्गीले बताउनुभयो । उहाँले, 'काठमाडौँ महानगरपालिका केन्द्रीय सम्पदा विभागको परियोजनामा पुनः निर्माण हुन लागेको बताउनुभयो ।'
उहाँले, "यिता: चपा:को २ करोड ३७ लाख रूपैयाँ लागतका पुनःनिर्माण गर्न लागिएको बताउनुभयो ।" उहाँले, 'यिता: चपा:को पुनः निर्माणका लागि एक वर्षभित्र सम्पन्न गर्ने गरि काम अगाडि बढाइएको बताउनुभयो ।'
उक्त शिलान्यास कार्यक्रममा वडा सदस्य सृष्टि कांसाकार लगायत पूर्व वडाअध्यक्ष विजय नारायण मानन्धर तथा चिनियाँ मान बज्राचार्य तथा स्थानीयहरूको उल्लेख्य सहभागीता रहेको थियो ।