काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान बिच वडाबासिहरूको आँखा परिक्षणमा विशेष छुट सहित आँखा सँग सम्बन्धित उपचारमा सहज गराउने बिषयमा सम्झौता भएको छ ।
काठमाडौँ महानगरपालिका वडा ८ र तिलगंगा आँखा प्रतिष्ठान बिच आज दुईतर्फि रूपमा सेवा सहजीकरण तथा आँखा परिक्षणमा विशेष छुट सहित आँखा सँग सम्बन्धित उपचारमा सहज गराउने बिषयमा सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा काठमाडौँ महानगरपालिका वडा ८ का वडाअध्यक्ष आशामान संगत तथा नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट प्रमुख संचालक अधिकृत पिताम्बर अधिकारीले हस्ताक्षर गर्नुभएको हो ।
उक्त सम्झौता पत्र अनुसार उपयुक्त स्थानमा वार्षिक रूपमा दुईवटा आँखा जाँच शिविर संचालन गर्नुका साथै, सो शिविरमा विद्यालय आँखा शिविर, सामुदायिक आँखा शिविर, वृद्धाश्रम लगायतका शिविर संचालन गर्ने बताइएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानले वडा वासिको हकमा २५ प्रतिशत सम्म उपचारमा छुट प्रदान गर्नुका साथै आर्थिक अवस्था कमजोर भएका विरामीका लागि वडाको शिफारिसमा विशेष छुट प्रदान गर्ने बताइएको छ । दुवै पक्ष बिच भएको सम्झौता तीन वर्षसम्म मात्र कायम रहने बताईएको छ ।