पेट्रोलमा दुई, डिजेल र मट्टितेलमा एक रूपैयाँ घट्यो

दक्ष खबर 15034+ समाचार ( )
१७ वैशाख २०८२, बुधवार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ ।

यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार