वेस्ट इन्डिज ए टिमको फितलो स्वागत, टाटा सुमोमा लोड गरियो लगेज !

दक्ष खबर 6152+ समाचार ( )
१२ वैशाख २०८१, बुधवार

काठमाडौँ । बुधबार काठमाडौँ आइपुगेको वेस्ट इन्डिज ए टिमको अपमान भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वेस्ट इन्डिजका खेलाडीको लगेज टाटा सुमोमा लोड गरिदै गरेको तस्वीर सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज जस्तो टिम आउदा फितलो व्यवस्थापन गरेको भन्दै आलोचना भएको छ । 

वेस्ट इन्डिज ए टिम नेपालमा पहिलो पटक क्रिकेट खेल्न आएको र पहिलो पटक मै फितलो व्यवस्थापन गरेर क्यानले ठुलो लापरवाही गरेको भन्दै कारवाही माग समेत गरिएको छ । 

सामान्यतया विदेशी टिम आउदा राम्रो स्वागत गरिने र लगेज व्यवस्थापन पनि व्यवस्थित तरिकाले हुने गरेकोमा यस पटक क्यान चुकेको भन्दै आलोचना भएको छ । 

नेपालसँग ५ टी-२० खेलको सिरिज खेल्न रोस्टन चेजको कप्तानीमा १५ सदस्यीय वेस्ट इन्डिज ए टिम काठमाडौँ आएको छ । यो सिरिज बैशाख १५ गतेदेखि शुरु हुदै छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार