विधिवत रूपमा सिकाइयो युवापुस्तालाई विभिन्न बाजाहरू

दक्ष खबर 16457+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

काठमाडौँ । दथु: त्वा बाजा खलद्वारा विभिन्न बाजागाजामा चासो राख्ने युवापुस्तालाई विधिवत रूपमा बाजा बजाउन सिकाइएको छ । विभिन्न उमेर समुहका महिला तथा पुरूषहरूलाई गुरू शनिश कपालिले तीन महिनासम्म बाजा प्रशिक्षण गराउनुभएको हो ।


बाजा प्रशिक्षणमा २५ जना युवायुवतीको सहभागीता रहेको र जसमा महिलाहरू बढि आकर्षित देखिएको गुरू शनिश कपालीले बताउनुभयो । उहाँले, पछिल्लो समय युवापुुुस्तामा बाजा संस्कृति निकै प्रचलित हुदैँ गईरहेकाले लोपोन्मुख अवस्थामा रहेका बाजाको परम्परालाई अवलम्बन गरि अगाडि बढ्न तथा नवयुवा पुस्तालाई यसबारे ज्ञान दिने हिसाबले बाँसुरी, ता, झ्याली, धिमे, भुस्या, मादल र पश्चिमा लगायतका बाजा प्रशिक्षण गराइएको प्रशिक्षक गुरू कपालीले जानकारी दिनुभयो ।


उहाँले, तन्त्र विद्या अनुरूप 'नाश: द्य' को पुजा अर्चना गरि तन्त्र विद्या अनुरूप विधिवत रूपमा जात्रा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । प्रशिक्षणका क्रममा नाट्यश्वरीको तन्त्रिक विधि अनुसार विधिवत रूपमा पुजा गरेर बाजा प्रशिक्षण शुरूवात गरिएको र तिन महिना लामो प्रशिक्षण पछि पुनः विधिवत रूपमा पुजा अर्चना गरेर बाजा निकालीएको श्री कृष्ण डंगोलले बताउनुभयो ।  उहाँले अब बाजा निकाले पछि विभिन्न पाशुपत क्षेत्रको शक्तिपिठहरूमा जाने बताउनुभयो । 




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार