लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न

दक्ष खबर 15672+ समाचार ( )
८ श्रावण २०८१, मङ्गलबार
काठमाडौँ । लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक काठमाडौँमा सम्पन्न भएको छ । काठमाडौँको चुच्चेपाटीस्थित हायात होटलमा आयोजित कार्यक्रममा क्याबिनेट अफिसरहरूलाई इन्टरनेशनल पिन र प्रमाणपत्रहरू समेत वितरण गरिएको हाे ।

लायन्सको १०८ वर्षकाे इतिहासमै पहिलो पटक इन्टरनेशनल प्रेसिडेन्ट फ्याब्रीसियो एलिभेराको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम विभिन्न १७ वटा क्लबहरूले संयुक्त रूपमा होस्ट गरेका हाे। कार्यक्रममा फर्स्ट लेडी अमारीलेस एलिभेरा समेतकाे उपस्थित रहेकाे थियाे ।

बैठकमा विभिन्न १५ वटा जिल्लाका डिष्ट्रिक्ट गर्भनर सहित झन्डै ७०० भन्दा बढी लायन लिडरहरूले उपस्थिति रहेकाे थियाे । वार्षिक रूपमा चार वटा रेगुलर क्याबिनेट बैठक हुने गरेकाे छ । साथै उक्त भव्य कार्यक्रममा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेशनल डाइरेक्टर संजय खेतान लगायत अन्य अतिथिहरूको  उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा अध्यक्षता डिष्ट्रिक्ट गभर्नर रामशरण बस्नेतले विश्वमा नै यो वर्ष डिष्ट्रिक्ट हप्तामा सबैभन्दा बढी सेवा गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरी माई लायन पोटलमा रिपोर्टिङ गरेर डिष्ट्रिक्ट ३२५ई पहिलो भएकोमा खुसी व्यक्त गर्नुभयाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार