काठमाडौं । नुवाकोटका प्रयास श्रेष्ठ उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नुवाकोट विदुर ७, तुप्चे स्थायी घर भएका श्रेष्ठ आर्थिक क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार 'शारदादेवी-ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार' बाट सम्मानित भएका हुन् ।
सक्रिय आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ओं वार्षिकोत्सबको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रमुख अतिथि माननीय अर्थमन्त्री डा.प्रकाशशरण महतले श्रेष्ठलाई सम्मानपत्रसहित नगद प्रदान गरे । पत्रकार श्रेष्ठले नगद रू. १ लाख प्राप्त गरेका छन् । आर्थिक क्षेत्रमा प्रदान गरिने पुरस्कार मध्य यो हालसम्मकै ठूलो पुरस्कार हो ।
पुरस्कृत श्रेष्ठ एक दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय छन् । हाल उनी मुलधारको लोकप्रिय अनलाइन मिडिया रातोपाटी डटकममा आवद्ध छन् ।