काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को निति तथा कार्यक्रमको प्रत्यक्ष प्रशारणमा ड्रोनको प्रयोग गरेको छ ।

काठमाडौँ महानगरपालिकाको कार्यपालिका लगायतका विभिन्न बैठकहरू महानगरपालिका प्रमुख बालेन शाह निर्वाचित भएर आएसँगै प्रत्येक्ष प्रशारण गर्ने निर्णय गर्नुभएको थियो ।
शुरूवातमा केही विवादित भएपनि पछि सबैको सहमतिमा बैठक लाइभ गरिएको थियो । यो सँगै आज राष्ट्रिय सभा गृहमा जारी बैठकमा लाइभ स्क्रिनिङका लागि ड्रोनसटको प्रयोग गरीएको थियो ।
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्ने र पारित गर्ने कार्यसुची रहेको बैठकमा प्रत्यक्ष प्रशारणका क्रममा ड्रोनसट भिडियोको प्रयोग गरिएको हो ।
महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलबाट आ. व. २०८१/८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि समेत रहेको कार्यक्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलबाट काठमाडौँ महानगरपालिका विनियोजन विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसुची तय रहेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आजको कार्यक्रममा आर्थिक विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूचि समेत रहेको जनाइएको छ ।