मेलाले विद्यार्थीलाई रोजगारका अवसर खोज्न र थाहा पाउन मद्दत गर्ने उद्देश्यले मेला आयोजना गरिएको उहाँले बताउनुभयो । “विद्यार्थीले आफ्नो क्षमतासँग जोडिएको जागिर कहाँ कसरी खोज्ने भन्ने अन्योल हुने गर्छ । त्यसकारण पनि यो रोजगार मेला आवश्यक देखिएको हो । यहाँ विद्यार्थी र रोजगारदाताले प्रत्यक्ष रूपमा भेटेर छलफल गरेका छन् । यहाँ आएर मेला अवलोकन गर्नेले मात्र पनि आइटी क्षेत्रमा रहेको सम्भावना र रोजगारीलाई बुझ्ने मौका पाउनु भएको छ”, संयोजक खतिवडाको भनाइ छ ।