काठमाडौँ । उदयपुरमा पहिलो पटक रौतमाई मिनि महोत्सव हुने भएको छ । आगामी पौष १९ देखि माघ ४ गतेसम्म रौतामाई गाउँपालिका ७ मुकुर्चीमा रौतामाई मुकुर्ची बसपार्कमा मिनि महोत्सव हुन लागेको हो ।
"रौता स्पोर्टस क्लब रौतामाई ७ मुकुर्चीको आयोजनामा हुने मिनि महोत्सवमा राष्ट्रिय ख्याती प्राप्त कलकारहरू सँगै उदयपुरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने," रौता स्पोर्टस क्लबका अध्यक्ष हरी आले मगरले जानकारी दिनुभयो ।
महोत्सवमा कलाकारहरू ज्योती मगर, प्रिति आले, फुलन्देको आमा, काउली बुढी, अस्मिता अधिकारी, डम्बर नेपाली, धिरज राई, बद्री पंगेनी, मुना मदन, कमल खत्री, विनोद दनुवार, एलिना चौहान, मिलन नेवार, जगल्टे, ताराबीर पाण्डे, दिपक लिम्बु, अशोक सिवा, पुजा केप्छाकी मगर, नन्दु गुरुङ लोकदोहरी गायीका गंगा गौतम आचार्य लगायतका कलाकारहरुको प्रस्तुती रहने रौता स्पोर्टस क्लबका सचिव टेकराज रिखाम मगरले जानकारी दिनुभयो ।
रौतामाई गाउँपालिकाको पर्यटन, कला, भाषा, धर्म संस्कृति संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेकोले स्थानियहरु उत्साहित रहेको आयोजक समितिका सन्तोष मस्र्याङी मगरले जानकारी दिनु भयो । महोत्सवको तयारी स्वरुपमा यतिवेला मुर्कुची बजार विभिन्न धोजापतकाको सजाइएको छ ।