जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न

दक्ष खबर 17388+ समाचार ( )
२५ भाद्र २०८३, शुक्रबार

काठमाडौं । जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।काठमाडौंमा आयोजित एक समारोहका बिच संस्थाले वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य प्रदिप रेग्मीले दिनु भएको थियो । साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को प्रतिवेदन प्रस्तुत गरिएको थियो । भने, संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले संस्थाको कार्य प्रगति सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका कोषाध्यक्ष गोविन्द प्रसाद निरौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने, संस्थाका कार्यकारी प्रमुख गोसन बहादुर राउतले संस्थाको भावि लक्ष्य तथा कार्ययोजना प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै, सभाका सभापति एवम् जय श्री माता नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठले,'आजसम्म बचतकर्ताहरूको साथ सहयोगले यस संस्था यहाँसम्म पुगेकाले यसलाई अगाडि बढाउनु हामी सबैको कर्तव्य रहेको बताउनुभयो ।'

त्यस्तै, प्रमुख अतिथि संस्थाका ज्येष्ठ शेयर सदस्य कृष्ण लाल मानन्धरले,'संस्थाको उन्नति प्रगतिको कामना गर्दै बचत कर्ताहरूलाई यस संस्थाप्रति विश्वास गरेर ढुक्क हुन आग्रह गर्नुभयो ।'

समारोहको सभापतिका रूपमा चन्द्र बहादुर श्रेष्ठ रहनुभएको थियो भने, प्रमुख अतिथिका रूपमा संस्थाका ज्येष्ठ शेयर सदस्य कृष्ण लाल मानन्धर रहनुभएको थियो ।



त्यस्तै, विशेष अतिथिका रूपमा राष्ट्रिय सहकारी बैंक गोंगबुका शाखा प्रमुख युवराज त्रिपाठी, नेफस्कुनका फिल्ड कार्यालय न्युरोड ईन्चार्ज राधा पोखरेल, नेफस्कुन फिल्ड कार्यालय गोंगबु ईन्चार्ज तिलक प्रसाद चौलागाई, राष्ट्रिय सहकारी हक हित समाजको अध्यक्ष गोबिन्द गिरि, सस्थांका सल्लाहकार एवं शेयर सदस्य बिदुर खड्का, संस्थाका कानुनी सल्लाहकार अधिवक्ता सन्तोष प्रसाद भट्ट, संस्थाका लेखा परीक्षक मिन राज गौतम, संस्थाका उपाध्यक्ष पबित्रा राई लगायत अन्य संस्थाका सञ्चालक समितिहरु रहनुभएको थियो ।

संस्थाले उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरेको थियो भने, उत्कृष्ट बचत कर्ता, सफल ब्यवसाहिहरु, संस्थाका शेयर सदस्यको छोरा छोरि मध्य एस ई ई मा र +२ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र छात्रा लाई पुरस्कृत गरेको थियो । संस्थाको शेयर सदस्य तथा संस्थाका पदाधिकारीहरूको उल्लेखनिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार