कांग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्याएर देखाइदिन्छौं 

दक्ष खबर 16514+ समाचार ( )
२७ मंसिर २०८२, सोमबार

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशन प्रचार संयोजक सुवास पोखरेलले ६३ प्रतिशत हस्ताक्षर कटेको जानकारी दिए । 

सोमबार साँझ महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आज हाम्रो चाँही ६.२४ प्रतिशत संख्या बढेको छ । हिजो हाम्रो २६ सय ६२ थियो । त्यसमा ६.२४ भन्दाखेरी ६३ प्रतिशत साथिहरुले आज हस्ताक्षर गरेका छन् ।

प्रतिनिधि अझै आउने क्रम जारी छ । हामी ७० प्रतिशत पु¥याएर देखाइदिन्छौं ।’  यसैगरी नेपाली कांग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्दसत्र स्थगित भएको छ । विशेष महाधिवेशन मंगलबार (पुस २९) बिहान ९ बजे बन्दसत्र पुनः सुरु हुने उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार