ओली र लेखकलाई प्रहरीले आइतबार अदालतमा पेश गर्ने

दक्ष खबर 17388+ समाचार ( )
१३ फाल्गुन २०८२, शनिबार

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले आइतबार अदालतमा पेश गर्ने भएको छ । शनिबार बिहान पक्राउ परेका ओली र लेखकलाई आज अदालत बन्द  हुने भएकाले आइतबार अदालत पेश गर्ने तयारी गरिएको हो । ओली र लेखकलाई पक्राउ गरि प्रहरीले काठमाडौं प्रहरी परिसरमा ल्याएको थियो ।

वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको हो ।

यसेबीच गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताउनुभएको छ । ओली र लेखक पक्राउ परेपनि गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको समेत उल्ल्ेख  गर्नुभएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार