कामपा- ८ द्वारा पिङ्गला तेक्वान्दो डोजाङको लागि ६४ स्थान म्याट उपलब्ध

दक्ष खबर 6163+ समाचार ( )
२४ श्रावण २०८०, बुधवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा - ८ ले खेलकुद क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले पिङ्गला तेक्वान्दो डोजाङको लागि ६४ स्थान म्याट उपलब्ध गराएको छ । 

वडाले खेलकुद क्षेत्रमा परिवर्तन सँगसँगै नयाँ युवा पुस्ताहरूको सहभागीताका लागि पिङ्गला तेक्वान्दो डोजाङको लागि ६४ स्थान म्याट उपलब्ध गराएको हो । 

वडामा आयोजित एक कार्यक्रममा बिच वडा अध्यक्ष आशामान संगतले पिङ्गला तेक्वान्दो डोजाङका प्रतिनिधिहरूलाई ६४ स्थान म्याट उपलब्ध गराएको जनाएको छ। 

कार्यक्रममा बोल्दै वडाअध्यक्ष आशामान संगतले खेलकुद क्षेत्रको वृद्धि विकास सँगसँगै टेवा पुर्याउने उद्देश्यले पिङ्गला तेक्वान्दो डोजाङलाई ६४ स्थान म्याट उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले वडाले खेलकुदका विभिन्न प्रतियोगिता तथा विभिन्न सार्वजनिक कार्यक्रमहरू गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष सहित वडा सदस्य, वडा सचिव लगायत पिङ्गला तेक्वान्दो डाेजाङका प्रतिनिहरूको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार