काठमाडौँ । भाटभाटेनी सुपर मार्केटले दुई लाख रूपैयाँ जरिवाना तिरेको छ ।

आज महानगरको कल सेन्टरमा आएको फोन कल मार्फत भाटभाटेनीले खान अयोग्य सामग्री बेचिरहेकाे खबर पछि महानगरको टोली अनुगमनमा जाँदा ४४ वटा प्याकेजमा वासी सडेको/किरा लागेको नरिबल बेचेको भेटिए पछि काठमाडौंँ महानगरपालिकाले दुई लाख रूपैयाँ जरिवाना तिराएको हो ।
काठमाडौँ महानगरपालिका बजार ब्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड (घ) र (ड) बमोजिमको कसुरमा सोही ऐनको दफा ३०(१), (ख) बमोजिम दुईलाख रूपैयाँ जरिवाना गराईएको महानगरपालिकाले जनाएको छ ।