नेपाली कांग्रेस शिक्षा विभागको आयोजनामा 'शिक्षा निति बहस' हुदैँ

दक्ष खबर 16459+ समाचार ( )
१८ मंसिर २०८१, मङ्गलबार

काठमाडौँ । नेपालको शैक्षिक रुपान्तरणको यात्रामा शैक्षिक क्षेत्रको उन्नयन प्रवद्धन एवं गुणस्तरीय शिक्षालाई अगाडि बढाउन ' शिक्षा निति बहस' शैक्षिक छलफल तथा कार्यशाला हुने भएको छ । 

आगामी मंसिर १९ गते दिउँसो १ बजे नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको आयोजनामा शैक्षिक क्षेत्रको बहस आयोजना गरिएको हो । 

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरको अध्यक्षतामा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा रहनु हुने जनाइएको छ।


त्यस्तै, विशिष्ट अतिथिहरूमा  नेपाली कांग्रेसका उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष एवम् केन्द्रीय सदस्यहरु रहनुुहुने छ । कार्यक्रममा अतिथिका रूपमा नेपाली कांग्रेसका पूर्व शिक्षामन्त्री, प्रदेशका मुख्यमन्त्रीहरु, सबै प्रदेशका कांग्रेस अध्यक्षहरु, प्रदेश र संघीय संसदीय शिक्षा समितिका माननीय सदस्यहरु, विश्वविद्यालयका पूर्व उपकुलपतिलगायत पदाधिकारीहरु, राष्ट्रिय योजना आयोग र प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष एवम् सदस्यहरु, कांग्रेसका प्रदेश शिक्षा विभाग प्रमुखहरु, भातृ र शुभेच्छुक संस्थाका अध्यक्षहरु, प्रजातान्त्रवादी प्राध्यापक संघका पदाधिकारीहरु, नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघका पदाधिकारीहरु, स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरु रहने जनाइएको छ । 

यस कार्यक्रमले नेपालको शैक्षिक क्षेत्रमा नवीन सोच र रणनीति तय गर्ने मार्ग प्रशस्त गर्नेछ नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागका सदस्य राजन श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार