नेपालकाे माटो सुहाउँदो थ्रिडि एनिमेशन स्कूल

दक्ष खबर 14880+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

काठमाडौँ । नेपालमै थ्रिडि एनिमेशनको शिक्षा उपलब्ध गराउन थ्रिडि एनिमेटर निप्पन श्रेष्ठले एनिम्सोमेनियाक् एनिमेसन स्कूल प्रा लीको स्थापना गरेका छन् । 

नेपाली विद्यार्थीहरूलाई थ्रिडि एनिमेसनको बारेमा जानकारी सहित अध्ययनका लागि नेपालमा नै पहिलोपटक अनलाइन थ्रिडि एनिमेसनको अध्ययन अध्यापन शुरूवात गरिएको हो । 

थ्रिडि एनिमेशन शिक्षा विश्वब्यापी रूपमा नै फष्टाउँदै गएको र नेपालमा पनि विशिष्ट किसिमको एनिमेशन शिक्षालाई वृद्धि  विकास गर्ने हेतुले संस्थाले पठनपाठन शुरूवात गरेको थ्रिडि एनिमेटर निप्पन श्रेष्ठले बताउनुभयो । 

उहाँले, उच्चस्तरीय थ्रिडि एनिमेशन शिक्षालाई देशैभर सहज उपलब्धताका लागि यो विद्यालयको स्थापना गरेको र विश्वब्यापी रूपमा नै थ्रिडि सिनेमामा काम गरिसकेको ब्यक्ति आफु स्वयंले नै नेपालमा विश्वस्तरीय शिक्षा र ट्रेन्डिङ दिने उद्देश्यले विद्यालयको स्थापना गरिएको बताउनुभयो । 

उहाँले, नेपालको परिपेक्षमा यसले महत्त्वपूर्ण रूप लिने भएकाले  नेपालमा यस्तो विशिष्ट एनिमेशन को स्कूल स्थापना गरेको श्रेष्ठको भनाई छ । 

नेपालमा थ्रिडि शिक्षाको श्रोत सीमित मात्रामा मात्र उपलव्ध रहेको छ । कोरोनाकाल ०१९ मा स्थापना भई यस स्कूलले विशेष कोर्स डिजाईन र विकास गरेको छ । जसले गर्दा परिणाममूखी सिलेबस बनाएर एनिमेशनको सबै पक्षलाई सशक्त माध्यामबाट समेटेर विशेष कोर्स बनाउन सफल भएको छ । जसले गर्दा पहिलोे वर्षमा नै कक्षा सञ्चालनमा सफलता प्राप्त गरेको छ ।

अतः एनिमेसन शिक्षाले विद्यार्थीहरूको भर्नामा विशेष ध्यान दिँदै आएको छ । नेपालभरिका प्रतिभावान विद्यार्थीहरूलाई अनलाइन मार्फत गुणस्तरीय एनिमेशन शिक्षाको सुरुवात भएको  छ । 

हाल क्यानाडामा रहेका निप्पन श्रेष्ठले यस अनलाईन स्कूललाई सफल बनाउँदै अनलाइन मार्फत यसलाई अगाडि बढ़ाई रहेका छन ।

https://animsomaniac.com/

प्रतिक्रिया

सानुराजा श्रेष्ठ ११ चैत्र २०८१, मङ्गलबार

नेपालको लागि सुहाउँदो आवश्यकता हो । बधाई छ ...

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार