भण्डारखाल क्षेत्रमा सर्वसाधारणलाई हिड्डुल गर्न निषेध

दक्ष खबर 15668+ समाचार ( )
१८ अशोज २०८१, शुक्रबार

काठमाडौँ । पशुपति क्षेत्र विकास क‍ोषले आफ्नो स्वामित्वमा रहेको भण्डारखाल क्षेत्रमा हिड्डुल गर्न निषेध गरेको छ । 

विकास कोषले एक सुचना प्रकाशित गर्दै भण्डारखाल बगैंचा, जंगलक्षेत्रमा रहेका वन्यजन्तु, पशुपक्षी, बोटविरूवा लगायतको सुरक्षा र संरक्षणका लागि मिति २०८१/०६/११ गतेको निर्णय अनुसार सर्वसाधारणलाई घुमफिर, आवतजावतमा पूर्ण रोक लगाइएको जनाएको हो । 


कोषले यस क्षेत्रमा पूर्ण रूपमा हिडडुल तथा आवतजावतमा रोक लगाएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवास चन्द्र जोशीले जानकारी दिनुभयो । 

उहाँले, यस क्षेत्रको ऐतिहासिकता जोगाइराख्न आवतजावत बन्ध गरिएको बताउदैँ विगत २१ वर्षदेखि मार्डवारी सेवा समितिले भोगचलन गर्दै आइरेहको भवनहरू पनि विकास कोषको मातहत आएको उहाँले बताउनुभयो । 

कोषले यस सुचनाको बर्खिलाप हुनेगरी भण्डारखाल बगैंचा /जंगतक्षेत्रमा अनाधिकृत रूपमा प्रवेश गरेको पाइएमा कानुन बमोजिम कार्वाही गरिने जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार