गोकर्णेश्वर नगरपालिकाद्वारा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना, ११ सय बढि खेलाडी सहभागी

दक्ष खबर 16497+ समाचार ( )
१६ मंसिर २०८१, मङ्गलबार

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ आयोजना गरेको छ । गोनपा वडा -२ नयाँपाटिमा रहेको बाल सुधार माबिको प्राङ्गणमा रनिङ शिल्ड प्रतियोगिता-२०८१ को उद्घाटन भएको हो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी सन्तोष चालिसेले," शिक्षा, स्वास्थ्य लगायतमा अब्बल रहदैँ खेलकुद क्षेत्रमा पनि गोकर्णेश्वरनगरपालिका अगाडि बढ्नुपर्ने बताउनुभयो।" उहाँले, आगामी दिनमा गोकर्णेश्वर नगरपालिका मात्र नभई समग्र मुलुककै अग्रणी क्षेत्र बनाउन सबैजना मिलेर अगाडि बढ्नुको बिकल्प नरहेको चालिसेले बताउनुभयो । 

त्यसैगरी, विशेष अतिथि तथा पूर्वमन्त्री रामेश्वर फुयालले," कीर्तिपुरको खेल मैदानमा एनपिएल खेल हेर्दै गरेको आभाष भएको बताउनुभयो । उहाँले, आधा महिला  र आधा पुरुष सहभागी रहेको आजको प्रतियोगिता  हेर्दा आन्दोलनबाट प्राप्त ब्यवस्था परिवर्तनले सार्थकता पाएको बताउनुभयो ।  

गोकर्णेश्वर खेलकुद समिति अध्यक्ष संजय लामाले, 'खेलकुद खेल्दा अनुशासित भएर खेल्न अनुरोध गर्दै खेलाडीहरुले लगाएको जर्सी नसाट्न र जर्सी नम्बरकै आधारमा खेलको नतिजा जिल्ला प्रदेश हुँदै केन्द्रमा जाने र त्यही आधारमा भविष्यको लेखाजोखा हुने बताउनुभयो । 

त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले, "बालबालिकाको शारीरिक र मानसिक स्वस्थताका लागि खेलकुदको अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।" उहाँले यस क्षेत्रमा लागेर भरपुर रुपमा उपयोग गरेर अगाडि बढ्न विद्यार्थीहरूलाई अनुरोध गर्नुभयो ।

त्यसैगरी, कार्यक्रमका विशेष अतिथी सान्नानी लामाले,"  स्वास्थ्यको लागि खेलकुद र नगरपालिकाका लागि खेलाडी भन्ने नारासहित अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।" उहाँले, गोकर्णेश्वर नगरपालिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी निर्माण गर्न नगरपालिकाले खेलकुदमा ठूलो लगानी गरेको बताउनुभयो । 

नगरउपप्रमुख लामाले, खेलको महत्व बुझेर ३४ विधालयको स्वस्फूर्त रुपमा सहभागीता रहेको बताउँदै यसबाट छनोट भएका खेलाडीहरुलाई जिल्ला प्रदेश हुँदै केन्द्रसम्म पुर्याउन नगरपालिकाले पहल गर्ने समेत बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै सभापति एवं  गोनपा प्रमुख दिपक कुमार रिसालले,"गोकर्णेश्वर नगरपालिकाले राष्ट्रपति रनिङ शिल्ड मात्र नभई च्याम्पियनसीप खेल ल्याउने बताउनुभयो । " उहाँले, अब खेल क्षेत्रको बिकासका लागि खेलकुद प्रशिक्षक सहित गोकर्णेश्वर स्पोर्ट्स राखिने  उहाँले जानकारी दिनुभयो । । प्रत्येक विद्यार्थीले कुनै  एक खेलमा  अनिवार्य सहभागी हुनुपर्ने  आउँदो नीति तथा कार्यक्रम बाट लागू गरिने बताउदै नगरपालिकाका सबै वडामा खेलकुद  सम्बन्धी भौतिक संरचना निर्माण भैसकेको हुदा लागू गर्न सहज रहेको बताउनु भयो ।

राष्ट्रपति रनिङ सिल्डको पहिलो दिनमा भएका प्रतियोगिताहरु मार्चपासमा प्रथम : लर्डस् लाईट एकेडेमी, द्वितीय :  टाइम लाइन स्कुल, तृतीय : गोकर्ण माध्यमिक विद्यालय भएका छन् । त्यसैगरी एथलेटिक्स तर्फ (लङ जम्प छात्र) प्रथम : पुरुषोत्तम कुमार चौधरी, इष्टपोल माध्यमिक विद्यालय,द्वितीय : सुगम शाह, चेल्सी वर्ल्ड स्कुल र तृतीय : रोशन तामाङ, अरुणोदय माध्यमिक विद्यालय भएका छन भने (लङ जम्प छात्रा) प्रथम : सेन्नी राई, मनकामना माध्यमिक विद्यालय, द्वितीय : निशा लोप्चन, चामुण्डा माध्यमिक विद्यालय र  तृतीय : कुसुम तामाङ, अरुणोदय माध्यमिक विद्यालय भएका छन

सटपुट छात्र तर्फ प्रथम : अन्जल तामाङ, अरुणोदय माध्यमिक विद्यालय,द्वितीय : वीर बहादुर बुढा, मनकामना माध्यमिक विद्यालय र तृतीय : सुन बहादुर तामाङ, बाल सुधार माध्यमिक विद्यालय भएका छन भने सटपुट छात्रा तर्फ प्रथम : हिमा थापा मगर, बाल सुधार माध्यमिक विद्यालय,द्वितीय : सरस्वती राय, चामुण्डा माध्यमिक विद्यालय र तृतीय : किमा शेर्पा, सहयोगी माध्यमिक विद्यालय रहेका छन।

पुस १५ गतेबाट शुरु भएको प्रतियोगिता पौष २० गते समापन हुनेछ । रनिङ शिल्ड प्रतियोगितामा मार्च पास, उसु, तेक्वान्दो, कराते, एथलेटिक्स, कबड्डी, भलिबल  लगायत विविध खेल खेलाइने छ । 

गोकर्णेश्वर नगरप्रमुख दिपक कुमार रिसालको सभा अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेले उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा विशेष अतिथिहरूमा प्रतिनिधि सभा सदस्य माननीय सांसद शान्ती श्रेष्ठ, पुर्व मन्त्री रामेश्वर फुयाल, नगर उप प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौली, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख वीर बहादुर खड्का, वडा अध्यक्षहरु मधु तामाङ, नवराज लामा, द्वारिका श्रेष्ठ, खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरु, प्रशासन शाखा प्रमुख भुपेन्द्र बोहरा, नगर शिक्षा समिति सदस्य  भवानी प्रसाद पौडेल लगायत विभिन्न शाखाका कर्मचारीहरु, रेफ्रीहरु, कोचहरु, प्रतियोगिताका निर्णायक मन्डलहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु, विभिन्न विधालयका प्रधानाध्यापक तथा अभिभावक तथा खेलाडी विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार