
नुवाकोट । नुवाकोटमा भ्रष्टाचार विरुद्धको अभियानमा ४० जनाले रगत दान गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोप लागेका नेताहरुलाई तत्काल पक्राउ गरी कारबाहिको माग गर्दै विदुर नगरपालिकाको वडा नम्बर १ ढुङ्गेमा रगतदान गरिएको हो ।
देशको योद्धा-द्धारा भ्रष्टाचार विरुद्ध गरिएको रक्तदान कार्यक्रममा भ्रष्टाचारको बिरोद्धमा आवाज उठाई लडिरहेकाहरुका लागी ४० जनाले रगतदान गरेको रक्तदान कार्यक्रमको नेतृत्व गर्नुभएका युवा अभियन्ता मछिन्द्र नरसिंह प्याकुरेलले जानकारी दिनुभयो ।
देशमा मौलाएको भ्रष्टाचार न्युनिकरणको लागी अभियन्ताहरुले सरकारसंग माग गरेका छन् । रगतदान कार्यक्रममा भ्रष्टाचार विरुद्धका विभिन्न प्लेकार्डहरु बोकर भ्रष्टाचार न्युनिकरणका लागी बिरोध जनाईएको थियो ।
१. नेताज्यु, हाम्रो भोट भ्रष्टाचार गर्न तपाईलाई दिएको होईन भन्ने भुल्नु भो ?
२. सभापति ज्यु बालकृष्णेलाई किन निलम्बन नगरेको ?
३. सरकार भ्रष्टाचारी खोजन खट्ने की पछाडी हट्ने ?
४. थाहा छ ? भ्रष्टाचार गरेर कमाएको सम्पतिले तिमीलाई सातपुस्ता पिरोल्छ ।
५. देशभर भ्रष्टाचार, कता गयो अख्तियार ?
६. गृहमन्त्री काजीदाई, ठिक पार भ्रष्टाचारीलाई
७. देशभर भ्रष्टाचार व्याप्त छ, अख्तियार कुन दुलोमा छ ?
८. भ्रष्टाचारी दाई हुन की भाउजु, मामा हुन कि माईजु, कसैलाई छोड्नुहुन्न । भनेर लेखिएका प्लेकार्डहरु बोकिएको थियो । उक्त अभियानमा गोसाईकुण्ड जाने श्रद्धालुहरुले समेत गाडीबाट ओर्लिएर सहभागिता जनाएका थिए ।
“हामीले सहेर नै भ्रष्टाचार बडेको हो” अब कति सहने भन्दै सयौ जनाले भ्रष्टाचार बिरुद्धको अभियानमा सहभागिता जनाएका थिए ।
“भ्रष्टाचारी देशका सत्रु हुन । जसलाइ हामी जनताले देशको मुहार फेर्छ भनेर बिश्वास गरेर नेता बनाइएको हुन्छ उसले हामी जनता लाईनै बेच्ने सम्मको मानव बेचबिखन जस्तो अमानवीय काम गर्ने भ्रष्टाचारिलाइ छोड्नु हुन्न । बडालाइ चैन सानालाई ऐन नहोस ।” भन्दै बिरोध जनाईएको छ ।
Ramroxa