रास्वपा सर्लाही क्षेत्र ३ बाट आगामी निर्वाचनमा मिरन कुमार पोखरेलले उम्मेदवारी दिने

दक्ष खबर 16514+ समाचार ( )
१६ मंसिर २०८२, बिहीबार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मिरन कुमार पोखरेलले उम्मेदवारी दिने भएका छन् । पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सर्लाही क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिन लागेका हुन् । 

पछिल्लो राजनीतिक अवस्थालाई नियार्दै आश्वासन भन्दा माथि उठेर जनताको नेतृत्व गर्दै रूपान्तरणकारी भुमिकामा आफु अगाडि बढ्ने पोखरेलले बताए । उनले स्वच्छ राजनीतिका लागि आफुले रास्वपाबाट उम्मेदवारी दिन लागेको बताए । 

पछिल्लो समय काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन', कुलमान घिसिङ जस्ता परिवर्तनकारी ब्यक्तित्वहरू समेत रास्वपामा रहेकाे र उहाँहरू सँगसँगै राजनीतिक यात्रा तय गर्नका लागि आफु निर्वाचनमा प्रतिनिधि हुन लागेको पोखरेलले बताए । पोखरेल राजनितीक सँगसँगै सामाजिक कार्यमा पनि अग्रसर रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार