काठमाडाैँकाे दरबारमार्गमा रहेकाे याक एण्ड यती हाेटल विक्रिमा

दक्ष खबर 16457+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

काठमाडौँ । काठमाडाैँकाे दरबारमार्गमा रहेकाे याक एण्ड यती हाेटल विक्रिमा रहेकाे छ । याक एण्ड यती हाेटल  विगत छ वर्षदेखि नवीकरण नभएकाे हाे  । 

२०६० साल चैत ६ गते स्तर वर्गीकरण गरी सञ्चालनमा आएको होटल २०७५ देखि नवीकरण नभएको पर्यटन विभागका प्रवक्ता काली बहादुर भुजेलले बताउनुभयाे । उहाँले होटलले सरकारलाई १३ करोड ३४ लाख १७ हजार रुपियाँ तिर्न बाँकी रहेको बताउनुभयाे । 

होटलको क्यासिनोको रोयल्टी बक्यौता तिर्न बाँकी रहेकाले नवीकरण नभएको विभागका प्रवक्ता भुजेलले  बताउनुभयाे । मोटो रकम सरकारलाई तिर्न बाँकी रहेको र होटल सञ्चालन गर्न नसक्दा बिक्री गर्ने तयारी गरिएको हाे । 

१९७७ सेप्टेम्बर २७ तारिखमा याक एण्ड यती १२० कोठासहित पाँच तारे होटलको रूपमा खोलिएको थियो भने, थप १५० कोठाको नयाँ संरचना थप गर्दै हाल कुल २७० कोठाहरू रहेके छ । .

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार