अमेरिकी उपविदेशमन्त्री वर्मा नेपालमा
३२ श्रावण २०८१, शुक्रबार
काठमाडौँ, ३२ साउनः संयुक्तराज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड वर्मा आज नेपाल भ्रमणमा आउनुभएको छ ।
आफ्नो नेपाल भ्रमणका क्रममा उहाँले नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट गर्नुहुने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।