दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने (तस्विरसहित)

दक्ष खबर 12604+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

काठमाडौँ । गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो ।

प्रसाईं सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ । 

राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।




प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार