१६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनको शुभारम्भ (तस्विरसहित)

दक्ष खबर 16544+ समाचार ( )
१ माघ २०८१, बिहीबार

काठमाडौँ ।  शैली थिएटर र रूसी सदनकाे आयाेजनामा १६औँ राष्ट्रिय बाल नाटक महोत्सव तथा बाल लघुचलचित्र प्रदर्शनको शुभारम्भ भएको छ । आज चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, रूसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभ लगायतले कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 

कार्यक्रममा बोल्दै, " शैली थिएटरका सल्लाहकार महेश पौडेलले, "शैली थिएटरले १६ वर्षसम्म लगातार रूपमा नाटक प्रस्तुत गर्नु महत्त्वपूर्ण कुरा भएको बताउनुभयो ।" उहाँले, "थिएटरमा लागेर अहिले महत्त्वपूर्ण स्थानमा पुगेका विद्यार्थीहरू नै १६ वर्षदेखिको अथक परिश्रम र मिहिनेतको प्रतिफल रहेको बताउनुभयो ।" यस्तो कार्यक्ररमहरू थिएटर र महोत्सव कलाकारका लागि निर्माण विन्दु रहेको उहाँले बताउनुभयो ।  

त्यस्तै, रूसी सदन काठमाडौँका निर्देशक आन्तोन मास्लोभले, "थिएटर रङ्गमञ्च र यसको समिश्रणले बाल साहित्य सहित नाट्य क्षेत्रमा फरकपन भित्रने बताउनुभयो ।" उहाँले, नेपाल र रूसको साँस्कृतिक विकास र प्रबर्द्धनमा लागि रूसी सदन सधैं अग्रणी स्थानमा रहेको बताउनुभयो । उहाँले,'नाटक र नाट्य क्षेत्र नयाँ बालबालिका सहित उनिहरूको जागरूकताले, सहभागीताले फरक पन ल्याउने बताउनुभयो । '

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले, "चलिचत्र सँगसँगै नाट्य क्षेत्रलाई पनि हामीले सँगसँगै अगाडि बढाउनुपर्ने बताउनुभयो ।" उहाँले, 'बालबालिकालाई अगाडि बढ्न र आफ्नो लक्ष्य पहिचान गर्न ढिला नगर्न समेत आग्रह गर्नुभयो ।' उहाँले,"आफु पनि नाट्य क्षेत्रबाट अगाडि बढेको र आमाको साडि र चोली लगाएर मन्त्रीलाई नाटक देखाएर नाट्य क्षेत्रमा प्रवेश गरेको स्मरण गर्नुभयो । उहाँले, "चलचित्रमा एक्टिङ फरक कुरा भएको र नाटक र थिएटरको मान्छे कसरी फिल्मी क्षेत्रमा आउँछ उदाहरणका रूपमा नायक प्रदिप खड्कालाई नियाल्न आग्रह गर्नुभयो ।" चलचित्र विकास बोर्डले चलचित्रमा अभिनयमा सक्षम जनशक्ति कम हुदाँ चलचित्रमा कसरी प्रभाव पर्छ भन्ने समस्या नेपालले भोगिरहेकाे बताउनुभयो ।  उहाँले, अब छिट्टै चलचित्र विकास बोर्डले चलचित्र निर्माण गर्दा अनिवार्य रूपमा कार्यशाला गर्नुपर्ने त्यसका लागि विकास बोर्डले सहयोग गर्ने बताउनुभयो । 

शैली थिएरका अध्यक्ष एवं महोत्सव निर्देशक नवराज बुढाथोकीले, "बालबालिकाहरूलाई हारलाई जितमा परिणत गर्नसक्ने गरि अगाडि बढाउन बाल लघुचलचित्र प्रदर्शन गरिएको बताउनुभयो ।" उहाँले करिब १६ वर्षसम्म अनवरत रूपमा नाटक र थिएटरलाई अगाडि बढाउन चुनौती रहेको भएपनि यसलाई सार्थक रूपमा अगाडि बढाइरहेको बताउनुभयो । 

कार्यक्रममा बालसाहित्य रत्न शान्तदास स्मृति सम्मान २०८१ सम्मान स्व. जनक प्रसाद हुमागाईलाई प्रदान गरिएको थियो  भने, अघिल्लो बर्ष भक्तराज शर्मालाई अर्पण गरिएको थियो । एक हप्तासम्म चल्न उक्त महोत्सवमा आयोजक संस्थाको नाटक सहित जम्मा १६ वटा नाटक सहित विभिन्न कार्यक्रमहरू हुनेछन् । उक्त महोत्सवको समापन फागुन ७ गते हुनेछ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार