भेनस नेसनल कलेजद्वारा अभिमुखीकरण तथा करियर काउन्सिलिङ कार्यक्रम आयोजना

दक्ष खबर 2421+ समाचार ( )
१० श्रावण २०८०, बुधवार

काठमाडौँ । भेनस नेसनल कलेजले अभिमुखीकरण तथा करियर काउन्सिलिङ कार्यक्रम आयोजना गरेको छ । भेनस नेसनल कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई लक्षित गरि अभिमुखीकरण र करियर काउन्सिलिङ गर्न लागेको हो । 

एसईई उत्तीर्ण विद्यार्थीलाई स्कुल तथा कलेज र विषय समूह छनोट गर्न सजिलो होस् भन्ने उद्देश्यले विद्यार्थी तथा अभिभावकहरुलाई उचित परामर्श प्रदान गर्दै आएको भेनस नेसनल कलेजले बिहिबार बिहान ८ बजेदेखि अभिमुखीकरण र करियर काउन्सिलिङ कार्यक्रम आयोजना गर्न लागेको भेनस नेसनल कलेज प्रमुख कृष्ण गौतमले जानकारी दिनुभयो । कार्यक्रममा कवि नाट्यकर्मी तथा लेखक नवराज पराजुली लगायत अन्य अतिथिहरुको प्रस्तुति रहने कलेजले जनाएको छ ।

कार्यक्रममा कलेजमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृष्ट नतिजा ल्याएर उत्कृष्ट हुन सकिन्छ भन्नेदेखि कलेजको नियमको बारेमा जानकारी गराउनुको साथै नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत समेत गरिने कलेज प्रमुख कृष्ण गौतमले जानकारी दिनुभयो ।

भेनस नेसनल कलेजमा दक्ष तथा अनुभवि प्राध्यापकहरुबाट पठनपाठन हुने जानकारी दिदैँ अतिरिक्त क्रियाकलापको साथै विद्यार्थीहरुको शैक्षिक विकासमा कलेज सधै लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । भेनस नेसनल कलेजको कक्षा ११ मा हाल विज्ञानसहित व्यवस्थापन, शिक्षा, मानविकी र कानुन बिषयको पठनपाठन गराउँदै आएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा ८ बेसिगाउँमा सञ्चालित कलेजले साउन ११ गते बिहिबार त्रिबेणी ब्यान्केटमा कार्यक्रमको आयोजना गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार